Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आठौं बीएनए कप  बास्केटबल प्रतियोगितामा न्युटन र भ्याली पब्लिक फाइनलमा

आठौं बीएनए कप  बास्केटबल प्रतियोगितामा न्युटन र भ्याली पब्लिक फाइनलमा

जोईन खबर

४, जेठ २०८२
  • 571
    SHARES
  • आठौं बीएनए कप  बास्केटबल प्रतियोगितामा न्युटन र भ्याली पब्लिक फाइनलमा

    ४ जेष्ठ काठमाडौँ । न्युटन र भ्याली पब्लिक आठौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।न्युटनले लालीगुराँस नेसनल एकेडमीलाई ३९–२० ले पराजित ग¥यो । न्युटनको जितमा आशिष राईले ११ अंक योगदान गरे ।

    images

    जुनियर ब्वाइजमा न्युटन पहिलो पटक फाइनल पुगेको न्युटनका प्रशिक्षक नारायण खवासले जनाएका छन् । अशोक विकको २३ अंक सहयोगमा भ्याली पब्लिकले ग्रिनल्यान्डलाई ३१–२७ ले हरायो ।बसुन्धरास्थित बसुन्धरा नेसनल एकेडेमी ९बीएनए० को आयोजनामा भइरहेको प्रतियोगिताको सिनियर गल्र्समा भ्याली पब्लिक र ग्रिनल्यान्ड उपाधिका लागि भिड्ने भएका छन् ।

    images
    images
    images

    भ्याली पब्लिकले फेरिल्यान्डलाई ३४–२८ ले पाखा लगायो । भ्याली पब्लिककी लोरिशा गौचनले १३ अंक जोडिन् । ग्रिनल्यान्डले केभीकेएसएसलाई ३८–२७ ले       पन्छायो । ग्रिनल्यान्डकी आहाना खड्काले १५ स्कोर गरिन् ।

    प्रकाशित मिति :जेठ ४, २०८२ आइतवार - ११:०३:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको