७ जेष्ठ काठमाडौँ । गोरखाको गोरखा नगरपालिका वडा न -४ फिनाममा आज दिउसो बसले ठक्कर दिदा ७ बर्षीय बालिकाको मृत्यु र आमा गम्भीर घाइते भएको छन् । गोरखा दरौदी यातायात प्रा लि द्वारा संचालित बस आज गोरखा बजारबाट खार्चोक भङञ्याङ जाने क्रममा फिनाम चोकमा ठक्कर दिएको हो ।
उक्त बसले दिएको ठक्करबाट आमा गम्भीर घाइते भएको छिन भने ७ बर्षीय बालिकाको घटनास्थलमा मृत्यु भएको हो । घटनामा मृत्यु हुने बालिका गोरखा नगरपालिका वडा न–४ की ७ बर्षीय सुबिना सुर्खेती र घाइते आमा बिनिता सुर्खेती भएको स्थानिय अर्जुन प्रताप राणाले जानकारी दिए ।
उनको गोरखा अस्पतालमा उपचार जारी छ ।घटना स्थलमा स्थानियले अबरोध गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । सोही बस चढेर घर तर्फ गएका आमा–छोरी ओर्लने क्रममा बस एक्कासी अगाडी बढाउदा पछाडीको चक्काले च्यापेर बालिकाको मृत्यु भएको हो । आमा गंभिर घाईते भएकी हुन् ।अहिले घटना स्थलमा गोरखाका प्रहरी पुगि अनुसन्धान थालिएको छ । घटना बारे बाँकी बिवरण भने आउन बाँकी रहेको छ ।