९ जेष्ठ काठमाडौँ । गोरखा ताकुकोट सेवा समाज काठमाडौँले यही आउँदो जेष्ठ १५ गते विहिवारको दिन एक वृहत रक्तदान कार्यक्रम गर्ने भएको छ । यस संस्थाले गणतन्त्र दिवसको उपलक्ष्यमा काठमाडौंको बनस्थली चोकमा यही २०८२ जेठ १५ गते बिहिबार चौथो पटक रक्तदान कार्यक्रम आयोजना गर्न लागेको संस्थाका महासचिव धिरज उपरकोटीले जानकारी दिनु भयो । यस जेष्ठ १५ गते गर्न लागेको वृहत रक्तदान कार्यक्रममा प्राविधिकको सहयोग कान्तिपुर अस्पतालले गर्ने भएको छ । सो रक्तदान बिहान १० बजेदेखि २ बजेसम्म गरिने छ ।
गोरखा ताकुकोट सेवा समाज काठमाडौँले गोरखाको ताकुकोटबाट काठमाडौँ आई बसोवास गर्ने विभिन्न ब्यक्ति तथा पढ्ने बिधार्थीहरुलाई स्वास्थ्य सेवा पुयाउने भनि रक्तदान गर्न लागेको हो । यस संस्थाले अन्य सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । अभाव भइरहने रक्तलाई केही हदसम्म भएपनि कम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको निवर्तमान स्वस्थ्य सेवा समितिका संयोजक मदन कुमार जोशीले विगतमा पनि विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रम गर्दै आइरहेको र भविष्यमा पनि यस्ता कार्यक्रमहरू गर्दै जाने जानकारी दिनु भयो ।
यो भन्दा अघिलो रक्तदान कार्यक्रममा पनि काठमाडौंको बनस्थली चोकमा गर्दा १०० जना भन्दा बढीको उपस्थिति रहेको गोरखा९ताकुकोट सेवा समाज काठमाडौंको स्वास्थ्य सेवा समितिका निर्वातमान संयोजक जोशीले बताउनु भयो । यस वृहत रक्तदान कार्यक्रममा सबै गोरखाली तथा बारपाक सुलिकोट गाउँपालिका वडा न ६ ताकुकोटबाट काठमाडौँ आइ बसोबास गर्ने सबैलाई उपस्थिति भई कार्यक्रमलाई भव्य र सफल बनाइ दिनु हुन गोरखा ताकुकोट सेवा समाज काठमाडौँका अध्यक्ष अनुप श्रेष्ठले अपलि गर्नु भएको छ ।