Logo

बिहिवार, कार्तिक १३ गते २०८३

१० नगरपालिकामा सातबुँदे मागसहित नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाले ज्ञापनपत्र बुझायो

१० नगरपालिकामा सातबुँदे मागसहित नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाले ज्ञापनपत्र बुझायो

जोईन खबर

९, जेठ २०८२
  • 676
    SHARES
  • १० नगरपालिकामा सातबुँदे मागसहित नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाले ज्ञापनपत्र बुझायो

    ९ जेष्ठ काठमाडौँ । नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाले काठमाडौं जिल्लाका सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाएको छ । पत्रकार महासंघ काठमाडौं शाखाकी अध्यक्ष शोभा अर्यालका अनुसार काठमाडौं महानगरपालिका र १० नगरपालिका गरी सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाइएको हो ।

    images

    जिल्लाका सबै स्थानीय तहमा सातबुँदे मागसहित ध्यानाकर्षणपत्र बुझाएको अर्यालको भनाइ छ ।मिडिया बचाउ अभियानु अन्तर्गत महासंघले आगामी नीतिहरू, कार्यक्रम र बजेटमा पत्रकारिता क्षेत्रको संरक्षण, प्रवर्द्धन तथा विकास सुनिश्चत गर्न आग्रह गरेको अर्यालको भनाइ छ ।शाखा अध्यक्ष अर्यालको नेतृत्वमा बुझाइएको ध्यानाकर्षणपत्रमा शाखामा आबद्ध पत्रकार, विशेषतः साना तथा स्वरोजगारमूलक मिडिया र उक्त मिडियामा संलग्न सञ्चारकर्मीहरूको हकहित सुनिश्चित गर्न माग गरिएको छ ।

    images
    images
    images

    पत्रकारको सुरक्षा, विकास र सशक्तीकरणका पक्षमा नीतिगत तथा व्यावहारिक पहल गर्न आग्रह गरिएकाे छ ।  महासंघका अनुसार काठमाडौं शाखामा हाल करिब ११ सय पत्रकार आबद्ध छन्, जसमा धेरैजसो साना लगानीका तथा स्वरोजगारमूलक मिडिया सञ्चालक तथा श्रमिकका रूपमा कार्यरत रहेको अर्यालको भनाइ छ । 

    प्रकाशित मिति :जेठ ९, २०८२ शुक्रवार - १५:४१:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको