Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विमानस्थलको अध्यागमन कार्यालयबाट सरुवा हुने कर्मचारीको संख्या १५

विमानस्थलको अध्यागमन कार्यालयबाट सरुवा हुने कर्मचारीको संख्या १५

जोईन खबर

९, जेठ २०८२
  • 805
    SHARES
  • विमानस्थलको अध्यागमन कार्यालयबाट सरुवा हुने कर्मचारीको संख्या १५

    ९ जेष्ठ काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयबाट सरुवा हुने कर्मचारीको संख्या १५ पुगेको छ।  यसअघि कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराईसहित ९ कर्मचारीलाई तानेको मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले थप ६ कर्मचारीलाई तानेको छ ।

    images

    कर्मचारी प्रशासन शाखाबाट रातोपाटीलाई प्राप्त सूचीअनुसार तानिनेमा ६ नायब सुब्बाहरू छन् । उनीहरूलाई बिहीबारमात्रै तानिएको मन्त्रालय स्रोतले जानकारी दियो । यद्यपि उनीहरूलाई दिइएको पत्रमा मिति भने मंगलबारको राखिएको छ ।

    images
    images
    images

    त्यहाँबाट तानिएका युवराज श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक पठाइएको छ । त्यस्तै दत्त लामालाई जिल्ला प्रशासन कार्यालय जाजरकोट, गोविन्दप्रसाद अधिकारीलाई जिल्ला प्रशासन कार्यालय गोरखा र तेजराज गौतमलाई जिल्ला प्रशासन कार्यालय बागलुङ पठाइएको छ ।

    प्रकाशित मिति :जेठ ९, २०८२ शुक्रवार - १६:३५:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको