Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 

जोईन खबर

१०, जेठ २०८२
  • 895
    SHARES
  • अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 

    काठमाडौं १० जेष्ठ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० ले संगठनको राष्ट्रिय महाधिवेशनको लागि आज देशैभरका कलेजबाट एकै पटक प्रतिनिधि छनोट गर्दै छ ।

    images

    आगामी जेठ २५ देखि २८ गतेसम्म हुन लागेको संगठनको २४ औँ राष्ट्रिय महाधिवेशनको लागि आज प्रतिनिधि छनोट हुन लागेका हुन् । महाधिवेशनको लागि स्वतन्त्र विद्यार्थी युनियन भएका हरेक कलेजबाट एक जना प्रतिनिधि छानिने छन् ।

    images
    images
    images

    अनेरास्ववियुले जेठ १२ गतेसम्म सबै प्रतिनिधिको टुङ्गो लगाइसक्ने बताएको छ । त्यसको लागि प्रत्येक स्थानीय तहबाट एक जना, सबै प्रारम्भिक कमिटीबाट एक जना र जिल्ला कमिटीबाट एक महिला सहित ३ जना प्रतिनिधि छानिने छन् ।

    ‘शिक्षालाई सीप, श्रम, उत्पादन र रोजगारीसँग जोडौँ, सामाजिक अराजकता र बढ्दो युवा पलायन रोक्न विद्यार्थी शक्ति समृद्धिमा अगाडि बढौँ’ भन्ने मूल नाराको साथ अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशन हुँदै छ । २४ औँ महाधिवेशन अनेरास्ववियुको विचार, संगठन र संघर्षको नयाँ दिशातर्फको यात्रा भएको संगठनका प्रवक्ता प्रकाश पौडेलले बताउनुभयो ।

    प्रतिनिधि छनोटको प्रक्रिया पूर्ण लोकतान्त्रिक, पारदर्शी र संगठनात्मक विधिअनुसार सञ्चालन हुने उहाँले बताउनुभयो । संगठनका सम्पूर्ण कार्यकर्ता, विद्यार्थीहरू तथा शुभेच्छुकहरूलाई प्रतिनिधि छनोट प्रक्रिया सफल पार्न अनेरास्ववियुले अपिल गरेको छ ।

     

    प्रकाशित मिति :जेठ १०, २०८२ शनिवार - १७:२२:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको