Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सञ्चार मन्त्रीलाई नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखले  ११ बुँदे ध्यानाकर्षणपत्र बुझायो

सञ्चार मन्त्रीलाई नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखले  ११ बुँदे ध्यानाकर्षणपत्र बुझायो

जोईन खबर

१२, जेठ २०८२
  • 655
    SHARES
  • सञ्चार मन्त्रीलाई नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखले  ११ बुँदे ध्यानाकर्षणपत्र बुझायो

    १२ जेष्ठ काठमाडौँ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखले नेपाल सरकारका  सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । आज सोमबार महासङ्घका टोलीले सिंहदरबारस्थित मन्त्रालयमा पुगी  सचिवमार्फत ध्यानाकर्षणपत्र बुझाइएको हो । ध्यानाकर्षणपत्र   बुझाउदा पत्रकार महासङ्घ काठमाडौँको कार्यसमितिका साथै अन्य सरोकारवाला प्रतिनिधिको सहभागिता रहेको थियो ।

    images

    सञ्चारमन्त्रीलाई बुझाइएको ध्यानाकर्षणपत्रमा पत्रपत्रिकालाई दिइँदै आएको लोककल्याणकारी विज्ञापन दोब्बर रकमको बनाइनुपर्ने, अनलाइन सञ्चारमाध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिइनुपर्ने र पत्रकार महासङ्घसहित सरोकारवालासँग परामर्श गरी मिडिया काउन्सिल विधेयक दर्ता गरिनुपर्ने माग गरेको छ ।

    images
    images
    images

    त्यस्तै, ज्येष्ठ, महिला, दलित, आदिवासी जनजाति, अल्पसङ्ख्यक पत्रकारको संरक्षणका लागि विशेष कार्यक्रम बनाइनुपर्ने, लोककल्याणकारी विज्ञापनमा विज्ञापन बोर्डले लगाउने कर हटाइनुपर्ने, १५ वर्षभन्दा बढी समयदेखि निरन्तर प्रकाशित पत्रपत्रिकालाई निःशुल्क टेलिफोन र इन्टरनेटको व्यवस्था गरिनुपर्ने र पत्रकारका लागि स्वास्थ्यबिमाका साथै पत्रकारको उपचारमा ५० प्रतिशत छुटको व्यवस्था गर्न माग गरिएको छ ।

    so1.jpgso2.jpg

    ज्येष्ठ पत्रकारलाई दिइने निवृत्तिभरण प्रक्रिया खुकुलो बनाउन, समाचार सङ्कलनको क्रममा पत्रकारको सुरक्षाको व्यवस्था मिलाइनुपर्ने, पत्रकारको सूचनामा पहुँच तथा डिजिटल दक्षतामा क्षमतावृत्तिको कार्यक्रमका साथै तालिमको व्यवस्था हुनुपर्ने  छ ।  साथै  नेपाल पत्रकार महासङ्घ काठमाडौँको कार्यालयका लागि जग्गा व्यवस्था गरिनुपर्ने माग समेत  छ ।

    प्रकाशित मिति :जेठ १२, २०८२ सोमवार - २२:४३:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको