Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखा ताकुकोट सेवा समाज काठमाडौँको आयोजनामा चौथाे वृहत रक्तदान कार्यक्रम सम्पन्न,६६ जनाले रक्तदान गरे 

गोरखा ताकुकोट सेवा समाज काठमाडौँको आयोजनामा चौथाे वृहत रक्तदान कार्यक्रम सम्पन्न,६६ जनाले रक्तदान गरे 

जोईन खबर

१५, जेठ २०८२
  • 1.9K
    SHARES
  • गोरखा ताकुकोट सेवा समाज काठमाडौँको आयोजनामा चौथाे वृहत रक्तदान कार्यक्रम सम्पन्न,६६ जनाले रक्तदान गरे 

    १५ जेष्ठ काठमाडौँ । गणतन्त्र दिवसको अवसर पारेर गोरखा ताकुकोट सेवा समाज, काठमाडौंले एक चौथाे वृहत रक्तदान कार्यक्रम सम्पन्न  भएको छ। उक्त  चौथाे वृहत रक्तदान कार्यक्रम काठमाडौंस्थित वनस्थली चोकमा अवस्थित कान्ति अस्पातलको प्राविधिक सहयोगमा शनिबार सम्पन्न भएको गोरखा ताकुकोट सेवा समाज काठमाडौंको स्वास्थ्य सेवा समितिका निर्वातमान संयोजक मदन कुमार जोशीले बताउनु भयो ।रक्तदान कार्यक्रमबाट ६६ जनाले रक्तदान गरेको रक्तदान कार्यक्रमका संयोजक जिवन जोशीले जानकारी दिनुभयो ।

    images

    a10.jpgरक्तदान कार्यक्रममा सहभागी तथा सहयोगी संघ संस्थालाई गोरखा ताकुकोट सेवा समाज काठमाडौँका अध्यक्ष अनुप श्रेष्ठ तथा विभिन्न बुद्विजीवि तथा पूर्वअध्यक्ष संस्थाका सलहाकारहरुले रक्तदान गर्ने व्यक्तिहरुलाई धन्यवादसहित प्रशंसा प्रमाणपत्र हस्तन्तरण  गरिएको थियो । गोरखा ताकुकोट सेवा समाज, काठमाडौंका अध्यक्ष अनुप श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । हरेक स्वस्थ व्यक्ति नै हो यो पुण्य कर्मको मुहान, त्यसैले रक्तदान  गरौ जीवनदान” भन्ने नाराको साथमा अभाव भइरहने रक्तलाई केही हदसम्म भएपनि कम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको गोरखा ताकुकोट सेवासमाज काठमाडौंका कार्यसमिती  सदस्य तथा रक्तदान कार्यक्रमका संयोजक  जिवन जोशीले बताउनुभयो ।

    images
    images
    images

    a11.jpg

    यस संस्थका स्वास्थ्य सेवा समितिले विगतमा पनि विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रम गर्दै आइरहेको र यो संस्थाको यो आयोजना  चौथौ रहेको उहाँले जानकारी दिनुभयो ।गोरखा ताकुकोट सेवा समाज काठमाडौँले गोरखा बारपाक सुलिकोटबाट काठमाडौंमा आई विभिन्न पेशा व्यवसाय तथा अध्ययन गर्दै बसोवास गर्ने बासिन्दालाई बीच सेतुका रुपमा काम गर्दै आएको छ ।

    50f.jpg

    बिरामी हुँदा रगतको अभाव हुन नदिन समाजले यसरी नियमित रक्तदान कार्यक्रम गर्दै आएको  संस्थाका कार्यसमिति महासचिव धिरज उपरकोटीले बताउनु भयो । आज भएको कार्यक्रममा गोरखा जिल्ला भित्रका लगायत अरु जिल्लाका विभिन्न व्यक्तिहरुले रक्तदान गरेका थिए । कार्यक्रम आज विहान १० बजे देखि ३ बजे सम्म सञ्चालन भएको हो । यस संस्थाले स्थपानकाल देखि अहिले सम्म आउदो आर्थिक  सहयोग गर्दै युवाहरुलाई पनि समेटेर विभिन्न किसिमका लेखकुदहरु गरि रहेको छ ।

    a14.jpga15.jpga16.jpga17.jpga18.jpga19.jpga20.jpg a13.jpg

    प्रकाशित मिति :जेठ १५, २०८२ बिहिवार - २१:४१:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको