१६ जेष्ठ काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाएका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध पार्ने भएपछि सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठकअघि प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाएका हुन्।
सभामुखको सचिवालयका अनुसार शुक्रबार बिहान ११ बजे प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाइएको छ। त्यसपछि मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ।
सदनको अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डर लगायत विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।