Logo

बुधवार, कार्तिक १२ गते २०८३

गोरखा सेवा समाज कतारको  १३ तेह्रौँ महाधिवेशन २०२५ भब्यताका साथ सम्पन्न भयो

गोरखा सेवा समाज कतारको  १३ तेह्रौँ महाधिवेशन २०२५ भब्यताका साथ सम्पन्न भयो

राजु गुरूङ

१८, जेठ २०८२
  • 826
    SHARES
  • गोरखा सेवा समाज कतारको  १३ तेह्रौँ महाधिवेशन २०२५ भब्यताका साथ सम्पन्न भयो

    १८ जेष्ठ  दोहा  कतार ।  तन, मन, वचन र कर्मले सेवा गरौ” भन्ने मूलनाराको साथ २००३ मा स्थापनाभएको गोरखा सेवा समाज कतार ले १३ तेह्रौँ महाधिवेशन २०२५ भब्यताका साथ सम्पन्न भएको छ।हिजो शुक्रबार मे ३० तारिख २०२५ का दिन कतारमा रहेको वेलफेयर रेष्टुरेन्टको सभाहल सनैयामा  महाधिवेशन भएको थियो।उक्त महाधिवेशनमा कार्यक्रमका प्रमुख अतिथि लगायत विभिन्न जाति,जिल्ला सङ्घ सस्थाका प्रतिनिधिहरू,समाजसेवि,स्थानिय कलाकार,पत्रकारहरूको बाक्लो  उपस्थितिमा दिप प्रज्वलन गरि रास्ट्रिय गाना गाई शुभारम्भ भएको थियो।

    images

    दिप प्रज्वलन पश्चात् कार्यक्रममा आमन्त्रित प्रमुख अतिथि तथा अन्य जिल्ला सङ्घ सस्थाहरूका अध्यक्ष तथा प्रतिनिधिहरूले गोरखा सेवा समाज कतारले हाल सम्म गरि रहेका कार्यहरूको उच्च मुल्याङ्कन गर्नुका साथै गोरखा जिल्लाको ईतिहास लाई मनन गरे।त्यसक्रममा बिच बिचमा कतारका स्थानिय कलाकार हरूले पनि आफ्नो प्रस्तुति दिएर भरपुर मनोरन्जन दिएका थिए।उक्त कार्यक्रममा गोरखा जिल्ला घर भई अहिले विविध कारण र कार्यको सिलसिलामा कार्यरत गोर्खाली तथा गैर गोरखालिहरूको सहभागिता भएको थियो।

    images
    images
    images

    सबै जनाले आफ्नो भनाई राख्ने क्रममा गोरखा जिल्लाको ईतिहास, भौगोलिक अबस्था,सामाजिक( साँस्कृतिक तथा राजनितिक अबस्था लाई सम्झना गराएका थिए। बिच बिचमा कतारका स्थानिय कलाकारहरूको बेजोड प्रस्तुतिका साथमा रम्दै रमाउदै उक्त महाधिवेशन समापन गरियो।१३ तेह्रौँ महाधिवेशन २०२५ सम्म आई पुग्दा गोरखा सेवा समाज कतारका अध्यक्ष ओम गुरूङले  सम्पूर्ण कार्य समितिमा हुनु भएकाहरूलाई प्रशसा पत्र दिई धन्यबाद ब्यक्त गरे साथै नयाँ बन्ने कार्य समिति प्रति शुभकामना ब्यक्त गरे।कार्यक्रमको समापन भए लगतै  नयाँ बन्द सत्र सुरू भए सङ्गै नयाँ कार्य समिति बन्यो जसमा गोरखा स्थायि घर भई कतारमा समाज सेवामा अग्रसर सामाजिक अभियनता विकास श्रेष्ठ  अध्यक्ष का रूपमा निर्विरोध बिजय भए।जस अनुरूप नयाँ कार्य समित बनेको छ ।

    प्रकाशित मिति :जेठ १८, २०८२ आइतवार - १२:४१:५३ बजे

    राजु गुरूङ

    दाेहा कतार संवाददाता

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको