२२ जेठ काठमाडौँ । बाराको इलाका प्रहरी कार्यालय, सिमराकी इन्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) शुभद्रा वाइवामाथि छानविन सुरु भएको छ। उनलाई प्रहरी प्रधान कार्यालय तानेर हेडक्वार्टरने छानविन थालेको हो।वाइवालाई हेडक्वाटर तानेपछि सिमराको इन्चार्जमा मोरङमा कार्यरत डीएसपी वेद जोशीलाई जिम्मेवारी दिइएको प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले बताए। वाइवा गएको पुसमा सिमरा सरुवा भएकी थिइन्।
जितपुर सिमरा उपमहानगरपालिकाले तेलको कुपन कम दिएको भन्दे विवाद गरेको उजुरी परेपछि हेडक्वार्टरले उनीमाथि छानविन थालेको हो।इलाका प्रहरी कार्यालयको ड्युटीमा परिचालित हुने सवारी साधनका निम्ति उनले उपमहानगरपालिकाबाट सय लिटरका दरले ४० दिनभित्र तीन पटक डिजल र पेट्रोलको कुपन लिएकी थिइन् ।
१८ गते २० लिटर डिजल र १० लिटर पेट्रोलको कुपन दिइएपछि प्रशासकीय अधिकृत प्रसाईँकै अगाडि डीएसपी वाइवाले कुपन च्यातेकी थिइन् ।उनले वैशाख १० र ३१ गते सय लिटरका दरले उपमहानगरबाट कुपन लिएकी थिइन् । डीएसपीले ज्यादती गरेको भन्दै उपमहानगरपालिकाले बाराका सीडीओ वसन्त अधिकारीलाई लिखित जानकारी गराएको थियो । सोही आधारमा प्रहरी प्रधान कार्यालयले छानबिन गरेको हो ।