Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 सप्तकोशीमा  उद्धार गर्ने क्रम  डुबेर दुईजना सशस्त्र प्रहरी बेपत्ता

 सप्तकोशीमा  उद्धार गर्ने क्रम  डुबेर दुईजना सशस्त्र प्रहरी बेपत्ता

जोईन खबर

२२, जेठ २०८२
  • 958
    SHARES
  •  सप्तकोशीमा  उद्धार गर्ने क्रम  डुबेर दुईजना सशस्त्र प्रहरी बेपत्ता

    २२ जेठ काठमाडौँ । सप्तकोशी नदीमा डुबेर दुईजना सशस्त्र प्रहरी बेपत्ता भएका छन्। बेपत्ता हुनेमा प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी रहेका छन्। सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालयले बाढीपहिरोबाट विपदमा परेकाहरूलाई उद्धार गर्नका लागि आज अभ्यास गरिरहेको थियो।

    images

    गोताखोर सहितको टोलीले अभ्यास गर्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएका हुन्।प्रहरीको बर्दिबासस्थित मधेश प्रदेश कार्यालयबाट आज सुनसरी र सप्तरीको बीचमा पर्ने सप्तकोशी नदीमा विपदमा परेका व्यक्तिहरूलाई कसरी उद्धार गर्ने भन्ने विषयमा अभ्यास भइरहेको थियो।

    images
    images
    images

    अक्सिजन सहितको प्रहरीको टोलीले अभ्यास गर्ने क्रममा दुई जना नदीमा डुबेर बेपत्ता भएको सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए। वर्षातको समयमा बाढीपहिरोबाट फसेका सर्वसाधारणलाई उद्धार गर्नका लागि मधेश प्रदेश सशस्त्र प्रहरी कार्यालयबाट सप्तकोशीमा गोताखोर सहितको उद्धार टोलीले अभ्यास गरिरहेको बताइएको छ। 

    प्रकाशित मिति :जेठ २२, २०८२ बिहिवार - १७:१५:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको