२३ जेठ काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच फोनवार्ता भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालविरुद्ध मुद्दा दायर भएपछि देउवाले ‘प्रचण्ड’लाई फोन गरेका हुन् ।
स्रोतका अनुसार, उनीहरूबीच हिजो ९बिहीबार० नै फोनवार्ता भएको हो । ‘प्रचण्ड’का अनुसार, फोन देउवा आफैँले गरेका थिए ।संसद् भवनमा केही सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ‘प्रचण्ड’ले यसबारे जानकारी गराएका हुन् ।‘देउवाजीले हिजो फोन गर्नुभएको थियो । माधव नेपालमाथि जुन मुद्दा दर्ता भयो ।
त्यो विषयमा के भएको हो भनेर सोध्दै हुनुहुन्थ्यो,’ प्रचण्डले भने, ‘के भएको हो भनेर रु शेरबहादुरजीले मलाई सोध्ने भनेपछि म आफैँ आश्चर्यमा परेँ ।’फोनवार्ताका क्रममा केही बेर ठट्टा चलेको पनि उनले बताए ।‘मैले चाहिँ तपाईँलाई पो थाहा हुनुपर्छ भनेँ । उहाँलाई पनि थाहा नभएको बुझेँ मैले,’ प्रचण्डले भनेका छन्, ‘देउवासँग सल्लाहमा मुद्दा दर्ता भएको होइन रहेछ भन्ने मैले बुझेँ।’