Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अध्यागमन कानुन विपरीत अमेरिका बस्दै आएका झण्डै ५० जना नेपालीलाई अमेरिकाले चार्टड जहाजमार्फत नेपाल ल्याउने

अध्यागमन कानुन विपरीत अमेरिका बस्दै आएका झण्डै ५० जना नेपालीलाई अमेरिकाले चार्टड जहाजमार्फत नेपाल ल्याउने

जोईन खबर

२५, जेठ २०८२
  • 694
    SHARES
  • अध्यागमन कानुन विपरीत अमेरिका बस्दै आएका झण्डै ५० जना नेपालीलाई अमेरिकाले चार्टड जहाजमार्फत नेपाल ल्याउने

    २५ जेठ काठमाडौँ । अध्यागमन कानुन विपरीत अमेरिका बस्दै आएका झण्डै ५० जना नेपालीलाईअमेरिकाले चार्टड जहाजमार्फत आज नेपाल ल्याउँदैछ।  अमेरिकाले नेपाल फर्काउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले  जनाएको हो ।  डिपोर्ट गरिएका नेपालीहरू आज दिउँसो ४ बजेतिर ढाका हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा आइपुग्दै छन्।

    images

    विशेष चार्टड जहाजमा ल्याइएका नेपालीलाई काठमाडौंमा छाडेर उक्त जहाज भारतको नयाँ दिल्ली फर्कने नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतको भनाई छ । काठमाडौंस्थित अमेरिकी दूतावासले केही दिन अगाडि अमेरिकाबाट निष्काशित हुन लागेका नेपालीको बारेमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीति लागू गरेपछि अवैधरूपमा अमेरिका बस्दै आएका नेपालीहरू धमाधम निष्कासनमा परेका छन्।

    images
    images
    images

    पछिल्लो समय गैरकानुनी तरिकाले बसिरहेका नेपालीहरू अमेरिकाको अध्यागमन प्रहरीको राडारमा परेका हुन्।  अमेरिकाले सानो संख्यामा भन्ने विभिन्न एयरलाइन्स र चार्टर्ड विमानमार्फत नेपाल फर्काउने गरियो थियो। यस अगाडि ८र१० जनाभन्दा कम संख्यामा निरन्तर डिपोर्ट भइरहेपनि अमेरिकाले यसपटक ठूलो संख्यामा डिपोर्ट गरेको हो।

    अमेरिकाबाट दुई साता अगाडि मात्रै ९ जना नेपाली निष्कासित भएका थिए।अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई निष्कासन गरिएको हो। निष्कासनमा परेकाहरू पछिल्लो समय अमेरिकाबाट दैनिकजसो काठमाडौं अवतरण गर्ने गरेका छन् । 

    प्रकाशित मिति :जेठ २५, २०८२ आइतवार - १२:४७:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको