Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सन् २०२७ मा साउदी अरबमा हुने एशियन

सन् २०२७ मा साउदी अरबमा हुने एशियन

जोईन खबर

२६, जेठ २०८२
  • 724
    SHARES
  • सन् २०२७ मा साउदी अरबमा हुने एशियन

    २६ जेठ काठमाडौँ ।च्याम्पियन्सीपका लागि छनोट खेल खेलिरहेको नेपाली राष्ट्रिय फुटबल टोलीको प्रदर्शनबाट अखिल नेपाल फुटबल संघ एन्फाले सन्तुष्ट रहेको जनाएको छ । मंगलबार लाओसविरुद्ध राजधानी भियन्तियानस्थित न्यू लाओस फुटबल मैदानमा हुने अवे खेललाईलिएर एन्फाका उपाध्यक्ष दावा लामाले नेपाली टोलीको अभ्यास र प्रदर्शनलाईसकारात्मक रुपमा लिएको बताएका हुन् ।उनले भने, “फिफा वरियतामा हामीभन्दा २२ स्थानमाथि रहेको हंगकंगसंग गोलरहित बराबरी खेल्नुले टोलीको उर्जा बढेको देखिएको छ ।खेलमा केही कमीकमजारी भएका होलान् ।

    images

    प्रशिक्षक र खेलाडी सुधार गर्दै जाने विश्वास लिएको छु । लाओससंगपनि हामीले सकारात्मक नतिजा अपेक्षा गरेकाछौ ।” पाहुना टोली भएपनि लाओसलाई घरेलु मैदानमा हराएको अवस्था खेलाडीले नतिजाआफ्नो पक्षमा पार्नेमा आफू विश्वस्त रहेका उनको भनाई छ । लाओसमाअत्याधिक आद्रता(ह्युमिडिटि) रहेको हुँदासमेत खेलाडीहरु उच्च मनोबलका साथ अभ्यासमा जुटिरहेको उनले बताए । उपाध्यक्ष लामाले भने, “बेलुका ६बजेसम्म अध्याधिक आद्रताको अवस्था छ । खेलाडीहरु अपरान्ह ४ बजे अभ्यासका लागि मैदान निस्कदाँसमेत अत्याधिक गर्मी हुने गरेको छ । त्रपनि उनीहरु राष्ट्रका लागि निरन्तर राम्रो नतिजा ल्याउन भिडिरहेकाछन् । यो हामीसबैको लागि सुखद पक्ष हो ।” टोलीले घरेलु मैदानमा लाओसलाई पराजित गरिसकेको हुँदा पाहुना टोलीका रु पमा सजग रहनुपर्नेमा जोड दिएका उपाध्यक्ष लामाले खेलको जिम्मेवारी नै टोलीमाथि रहेको बताए । हंगकंग रलाओसका लागि विभागिय प्रमुखको जिम्मेवारीमा रहेका लामाले खेलाडी र टोलीलाई पर्ने बाधा, समस्या र चुनौतिलाई सहजीकरण गर्न तयार रहेको उल्लेख गरे । उनले भने, “हामी मुलुकको प्रतिनिधित्व गर्दै आएकाछौ । खेलाडीको जिम्मा खेल्ने हो । हामी ले भने उनीहरुलाई पर्ने समस्याको सहजीकरण गरिदिने हो ।

    images
    images
    images

    त्यसका लागि म टोली म्यानेजर र केही नेपाली अफिसियलसंगको सम्पर्कमा छु । उहाँहरु ले भने बमोजिम काम भइरहेको पनि छ ।”नेपाली टोलीलाई प्रशिक्षकको जिम्मा लगाएको बताउँदै उनले भने, “प्रशिक्षकको जिम्मा टोली छ । हंगकंगबाट यहाँसम्म आइपुग्दा उहाँले हामीसंग कुनै छलफल गर्नु भएको छैन । हामीलाई लाओसविरुद्ध नतिजा  राम्रो आउँछ भन्ने विश्वास छ । यद्धपी, केही तलमाथि हुँदा त्यसको जिम्मा प्रशिक्षकले लिनुपर्छ । त्यस हुँदा उहाँमाथि प्रश्न समेत उठ्न सक्छ । अहिलेसम्म हेड अफ डेलिगेसन र प्रशिक्षकबीच संवाद हुन सकेको भने छैन ।” प्रशिक्षक म्याट रसले हंगकंगविरुद्धको खेलमा फरवर्ड पोजिसनका खेलाडी सो अवसर नदिएको बताएका उनले सो खेलमा  नेपालको जित हुने संभावना बलियो हुँदाहुँदैपनि बराबरीमा रोकिनुपरेको उल्लेख गरे। उपाध्यक्ष लामाले भने, “सो खेलमा प्रशिक्षकले सुरुबाटै टोलीलाई रक्षात्मक रुपमा प्रस्तुत गरे । आक्रमक रणनीतिमा जाँदा नतिजा हाम्रो पक्षमा आउन सक्ने अवस्था बन्न सक्थ्यो ।” त्यसैगरि, एक अर्को प्रसंगमा उपाध्यक्ष लामाले पछिल्लोसमय नेपाली फुटबलको निकाय एन्फालाई केही गलत तत्वले गलत र भ्रामक कुरा राखेर विवादमा पार्ने प्रयास गरेको आरोप लगाए ।

    विगतबाट विग्रिएकाफुटबलका अन्तर्राष्ट्रिय सम्बन्धलाई अहिलेको नेतृत्वले सम्हाल्दै आएको बताएका उपाध्यक्ष लामाले फिफाले समेत पहिलोपटक विद्यालयस्तरीय फुटबल विकासका लागि ३२ हजार बढि फुटबल सहयोग गरेको उल्लेख गरे । एन्फामाथि विभिन्न दोषारोपण लगाउने क्रम भन्दापनि कार्यसमिति फुटबलको विकासमा लागि परेको उनको भनाई छ । उनले भने, “पछिल्लो ४ वर्षमा नेपाली फुटबलमा केही भएन भन्नेहरुले भ्रमको सृजना गरेकाछन् । हामीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल, होम एण्ड अवे, रोकिएको ए डिभिजनको सुचारु, बी डिभिजन सकेको, सातप्रदेशसहितको प्रेसिडेन्ट कप लगायतका प्रतिस्पर्धा गराएको र गराउने गरि अघि बढेका छौ । फुटबल विगतमा भन्दा अहिले बढि भएको मेरो दाबी छ ।” त्यसैगरि, एएफसीको सोसियल रेस्पोन्सिविलिटीको सदस्य रहिरहँदा एन्फामा फुटबल फर क्लिनिक अन्डर

    प्रिभिलेज चिल्ड्रेन कार्यक्रमसमेत ल्याउन सफल भएको उनले बताए । जस अन्तर्गत मधेश प्रदेशको विभिन्न ८ वटा जिल्लाका १६ वटा विद्यालयका २ हजार ७ सय बढि र कर्णाली प्रदेशका विभिन्न विद्यालय गरि समग्रमा ६ हजार ५ सय बढि विद्यार्थीलाई फुटबलप्रति आर्कषित गर्न एकसाता सो अभियानमा जोड्न सफल भएको उपाध्यक्ष लामाको भनाई छ । एन्फाभित्र देखिएका केही समस्या निराकरणका लागि सबै एकजुट हुन आवश्यक रहेको बताएका उनले नेपाली फुटबलको विकास र खेलाडीको भविष्यका लागि एकहुँदासफल हुने प्रस्टाए ।

    प्रकाशित मिति :जेठ २६, २०८२ सोमवार - १०:२९:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको