Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपाल-अस्ट्रेलिया उडानका लागि अन्तिम अनुमतिको पर्खाइमा नेपाल एयरलाइन्स

नेपाल-अस्ट्रेलिया उडानका लागि अन्तिम अनुमतिको पर्खाइमा नेपाल एयरलाइन्स

जोईन खबर

१९, बैशाख २०८०
  • 697
    SHARES
  • नेपाल-अस्ट्रेलिया उडानका लागि अन्तिम अनुमतिको पर्खाइमा नेपाल एयरलाइन्स

    १९बैशाख काठमाडौं  । नेपाल र अस्ट्रेलियाले दोहोरो हवाई उडान सम्झौता गरेको झन्डै ४ वर्षपछि नेपाली झन्डावाहक जहाजले औपचारिक रूपमा अस्ट्रेलियाबाट व्यावसायिक उडान गर्न लागेको हो । सन् २०१९ मा क्यानाडामा नेपाल तथा अस्ट्रेलियाबीच हवाई उडान सम्झौता गरिएको थियो । सम्झौताअनुसार यहाँका मुख्य सहर सिड्नी, मेल१९बर्न, ब्रिसबन र पर्थबाट साताको ७ वटा उडान नेपालको त्रिभूवन अन्तर्रास्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् । साथै अस्ट्रेलियाली विमान सेवाले नेपालको त्रिभुवन विमानस्थलमा साताको ७ वटा र अन्य विमानस्थलमा साताको २८ वटा उडान गर्न सक्नेछन् ।

    images

    नेपाल एयरलाइन्सले केही महिनाअघिदेखि अस्ट्रेलिया उडानका लागि पहल सुरु गरेको थियो । ‘यदि अस्ट्रेलियाको नियमन निकाय कासा (सिभिल एभिएसन सेफ्टी अथोरिटी)बाट ल्यान्डिङको अनुमति आएको खण्डमा हामी जुनको पहिलो साता (जेठ तेस्रो हप्ता) देखि अस्ट्रेलियाको सिड्नीदेखि उडान गर्ने तयारीमा छौं,’ नेपाल एयरलाइन्सका वाणिज्य निकायका निर्देशक टंकनिधि दाहालले भने । उनका अनुसार एयरलाइन्सले अस्ट्रेलियाबाट हुने उडानका लागि आवश्यक पर्ने ग्राउन्ड ह्यान्डलिङ, लजिस्टिक, क्याटरिङजस्ता सेवाका लागि टेन्डर खोलिसकिएको र त्यसलाई अन्तिम रुप दिने प्रक्रिया भइरहेको छ । उनले नियमन निकाय कासाले मागेअनुसार कागजपत्र बुझाइरहेको र चाँडै सबै प्रक्रिया पूरा हुने विश्वास व्यक्त गरे । ‘हामीले उडानका लागि नियमन निकाय कासाको नियमअनुसार आवश्यक सबै कागजपत्र बुझाइरहेका छौं र उक्त निकायबाट थप सुझाव र अन्तिम अनुमतिको पर्खाइमा छौं,’ दाहालले सुनाए । उनले सुरुआती चरणमा वाईडबडी एयरबस ३३० बाट साताको तीनवटा उडान सुरु गर्ने र भविष्यमा हवाई सम्झौतामा उल्लेख भएअनुसार साताको ७ वटै उडान गर्ने योजना रहेको जनाए ।

    नेपाल एयरलाइन्सको विभिन्न विभागले अस्ट्रेलियासँगको उडानका लागि आवश्यक विभिन्न कामका लागि आन्तरिकरुपमा काम गरिरहेको जनाएको छ । विशेषगरी विगत दुई सातादेखि यो क्रमलाई तीव्रता दिइएको दाहालको भनाइ छ । उनले अन्य विभिन्न देशमा भइरहेको उडान अनुभवलाई पूर्णरुपमा उपयोग गर्दै अस्ट्रेलियासँगको उडानलाई समेत सफल बनाइने बताए । उनले जुन १ तारिखमा उडान गर्नका लागि यहाँको सरकारी निकायमा प्रपोज गरिएको जानकारी दिँदै योजनाअनुसार नै उडान सुरु हुने विश्वास व्यक्त गरे ।

    नेपाल र अस्ट्रेलियाबीच हवाई सम्झौता भएपछि यहाँस्थित दूतावासले नेपाल उडान गर्ने केही एयरलाइन्सलाई उडानका लागि आग्रह गरेको भए पनि उनीहरुले त्यति चासो देखाएका थिएनन् । दूतावासले विभिन्न कारणले द्विदेशीय उडानलाई व्यवहारमा ल्याउन नसकिएको बताए पनि नेपालस्थित नेपाल एयरलाइन्सले नै चासो देखाएपछि दूतावासले आफ्नो तर्फबाट आवश्यक प्रक्रियामा सहयोग गरिएको जनाएको छ ।

     

    प्रकाशित मिति :बैशाख १९, २०८० मंगलवार - २२:२२:३५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको