२६ जेठ काठमाडौँ । पोखराको बेगनास तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका गोरखा मनकामनाका १ जना मृत फेला परेका छन् ।
मृत फेला पर्ने पुरुष गोरखा शहिदलखन गाउँपालिका वडा न -३ मनकामनाका ४३ बर्षिय राजेश श्रेष्ठ भएको कास्की प्रहरीले पुष्टी गरेको हो ।
जेठ २५ गते आइतबार साँझ माँझीकुना तर्फबाट पौडी खेल्न बेगनास गएका श्रेष्ठको मृत शरिर सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गणबाट सशस्त्र प्रहरी निरिक्षकको कमाण्डमा ७ जना गोताखोर टोलीले सोमबार बिहान १० बजे ३५ फिट गहिराईबाट निकालेको सशस्त्र प्रहरी बलले बताए ।
बेपत्ता श्रेषंठको हिजोदेखी नै खोजी भएको भएता पनि आज बिहान मात्र फेला परेको हो । उक्त शवलाई पोष्टमार्ट गर्ने तयारी हुदै छ।