२६ जेठ काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट बिधार्थी संगठन अखिल ९क्रान्तिकारी० पाँच लाख नयाँ सदस्यता वितरण र नवीकरण गर्ने तयारी गरेको छ ।
उनीहरुले अब तीनमहिने अभियानमा लागेर नयाँ सदस्यता वितरण र नवीकरण गर्ने तयारी गरेका हुन् । त्यसका लागि ‘विद्यार्थीसँग अखिल ९क्रान्तिकारी० अभियान सञ्चालन गरिएको छ । यस तिनमहिने अभियान असार देखि आगामी भदौ २५ गतेसम्म सञ्चालन हुने महासचिव रोशन थापा मगर जनाएका छन् ।
अभियानको क्रममा आधारभूत तहभन्दा माथिका सबै शिक्षण संस्थामा संगठन निर्माण, प्रशिक्षण, जनपरिचालन, संघर्षका कार्यक्रमदेखि प्रत्येक सदस्यलाई संगठित सदस्य बनाइने छ ।हाम्रो विश्वविद्यालय, राम्रो विश्वविद्यालय’ बनाउने अभियान लाग्ने निर्णय गरिएको हो ।
शिक्षा, स्वास्थ्य, रोजगार, खाद्य सम्प्रभुतालगायतका मौलिक हकको कार्यान्वयनका लागि आन्दोलनका कार्यक्रम तय गर्ने, विश्वविद्यालयमा बढ्दै गएको राजनीतिक हस्तक्षेप बन्द गर्न संघर्षका कार्यक्रम गर्नेजस्ता कार्यक्रम क्रान्तिकारीले अघि सारिएको छ ।