२६ जेठ काठमाडौँ । ललितपुरको कुपन्डोलमा कार र बस एकआपसमा ठोक्किएर दुर्घटना हुदा कार चालक घाइते भएको छन् । घटना आइतबार बिहान ७ बजेको रहेको प्रहरीले बताएको छ ।
थापाथलीबाट पुल्चोकतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३१ च ३९६५ नम्बरको कार र पुल्चोकबाट थापाथलीतर्फ जाँदै गरेको बा ४ ख ५६४६ नम्बरको बस कुपन्डोलामा एक आपसमा ठोक्किएको जिल्ला प्रहरी परिसर ललितपुरले बताए ।
जसबाट कार चालक महिला ललितपुर घर भएकी ६० वर्षीया रचना बाँस्कोटा घाइते भएको प्रहरीले जानकारी दिए । उनको अल्का अस्पतालमा उपचार भइरहेको छ ।दुवै सवारीसाधन र बस चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । बस साझा यातायातको रहेको प्रहरीले बताएको छ ।घटना बारे थप विवरण आउन बाकी छ ।