२७ जेठ काठमाडौँ । एएफसी च्याम्पियनसीप अन्तर्गत तेस्रो चरणमा घरेलु टोली लाओसविरुद्धकोखेललाई सामान्य रुपमा नलिएकोनेपाली राष्ट्यि फुटबल टोलीका प्रशिक्षक म्याट रसले बताएकाछन् ।मंगलबार बेलुका प्रि कन्फ्रेसका क्रममा प्रशिक्षक रसले घरेलु मैदानमा लाओसले केही फाइदा लिन सक्ने हुनाले पनि आफूहरु सचेत रहेको बताएकाछन् ।लाओस घरेलु मैदानमा कडा प्रतिस्पर्धीका रुपमा रहन सक्ने बताउँदै उनले भने, “मलाई लाग्छ ।लाओस पूर्णरुपमा संगठित टोली हो ।अत्यन्तआक्रमक रहेको लाओसविरुद्ध केही कमजोरी गर्दा टोली डरलाग्दो बन्न सक्छ ।
त्यसैले पनि हामीले भोलीको खेललाई अत्यन्तगंभीरतापूर्वक लिएकाछौ । त्यसैले पनि दुवै टोली अंक बढाउन तयार अवस्थामा रहेकाछन् ।” सोही क्रममा प्रशिक्षक रसले टोलीमाकेही परिवर्तन हुने संकेत गरेकाछन्।हंगकंगविरुद्ध खेलेको टोली नै मैदानमा उत्रनेमा केही संशय रहेको बताउँदै उनले भने, हंगकंगविरुद्धमैदानमा उत्रिएको टोलीमा केही फेरबदल हुन सक्छ । संभवतः हामी बलियो टोली मैदानमा उतार्नेछौ । हंगकंगविरुद्धको खेलमा डिफेन्स सनिश श्रेष्ठ चोटिल अवस्थामा रहेकाछन् ।
प्रेस कन्फ्रेन्सका क्रममा नेपाली टोलीका कप्तान किरण चेम्जोंगले लाओसविरुद्ध खेल्न सधै सकारात्मक रुपमा तयार रहेकोबताए । उनले भने, “लाओसविरुद्ध प्रतिस्पर्धा गर्न हामी सधै उत्सुक र तयार रहेकाछौ । पछिल्लो चारवटा खेलमा मैले पनि सहभागिता जनाएको छु । त्यसैले पनि भोलीको खेलका लागि हामी शारिरीक र मानसिक रुपमा तयार रहेकाछौ ।
लसाउदी अरबमा हुने च्याम्पियन्सीपका लागि जारी छनोट अन्तर्गत समूह एफको पहिलो चरणको खेलमा नेपाली टोलीले अवे अन्र्तगत बुधबार लाओससंग प्रतिस्पर्धा गर्दैछ । यसअघिका विभिन्न ६ वटा खेलमा नेपालले ४ वटामा जित र दुई वटामा बराबरी खेलेको छ । यद्धपी, लाओसकोघरेलु मैदानमा नेपालले एकमा जित र एकमा बराबरी गरेको छ । तेस्रो चरणको खेल अन्तर्गत नेपालले मलेशियासंग २ शुन्य र लाओसले भियतनामसंग ५ शुन्यको हार ब्यहोरिसकेको छ ।