Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उदयपुरका मालपोत कार्यालय  प्रमुख  बराल सवार जिप दुर्घटना,चालकसहित ४ जना घाइते

उदयपुरका मालपोत कार्यालय  प्रमुख  बराल सवार जिप दुर्घटना,चालकसहित ४ जना घाइते

जोईन खबर

२७, जेठ २०८२
  • 772
    SHARES
  • उदयपुरका मालपोत कार्यालय  प्रमुख  बराल सवार जिप दुर्घटना,चालकसहित ४ जना घाइते

    उदयपुरका मालपोत कार्यालय  प्रमुख दुविन्द्रप्रसाद बराल सवार जिप दुर्घटना भएको छ ।मदन भण्डारी लोकमार्गअन्तर्गत मुर्कुची–नेपालटार खण्डको नागबेलेस्थित ओरालो घुम्तीमा आज बिहान ७ः३० बजे भएको दुर्घटनामा परी चालकसहित ४ जना घाइते  भएका छन् ।

    images

    मालपोत कार्यालयकै स १ झ ४८५ नं. को बोलेरो जिप सडकमा आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

    images
    images
    images

    दुर्घटनामा परी चालक ५० वर्षीय जीतबहादुर कार्की, मालपोतकै खरिदार ३५ वर्षीय तेजनारायण साह, उदयपुरगढी गाउँपालिका ५ की ४० वर्षीया सरिता भण्डारी र उनकै छोरी १७ वर्षीया संरचना भण्डारी घाइते भएका छन् ।कार्यालयको काममा उदयपुरगढी गाउँपालिका गएर फर्कँदै गर्दा  दुर्घटना भएको हो ।

    घाइतेहरूको उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल उदयपुरमा लगिएकोमा चालक कार्की र खरिदार साहको अवस्था गम्भीर रहेको छ ।उनीहरुलाई   थप उपचारको लागि विराटनगर रिफर गरिएको छ । 

    प्रकाशित मिति :जेठ २७, २०८२ मंगलवार - १२:४३:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको