२७ जेठ काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र विप्लवसँग पार्टी एकताको छलफल चलिरहेको बताएका छन्।
मंगलबार खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले पार्टी एकता बारे छलफल चलिरहेको बताएका हुन्।प्रचण्डले आगामी निर्वाचनमा माओवादीलाई पहिलो पार्टी बनाउने तयारीमा लागिएको बताए ।
प्रचण्डले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको छ ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी ९जसपा० परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देवीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन्।