Logo

बिहिवार, कार्तिक १३ गते २०८३

वेस्ट बैंकमा इजरायली आक्रमण सुरु भएदेखि १६ हजार ३८२ विद्यार्थी मृत्यु

वेस्ट बैंकमा इजरायली आक्रमण सुरु भएदेखि १६ हजार ३८२ विद्यार्थी मृत्यु

रासस

२७, जेठ २०८२
  • 598
    SHARES
  • वेस्ट बैंकमा इजरायली आक्रमण सुरु भएदेखि १६ हजार ३८२ विद्यार्थी मृत्यु

    २७ जेठ काठमाडौँ । प्यालेस्टिनी शिक्षा मन्त्रालयले गाजा पट्टी र वेस्ट बैंकमा इजरायली आक्रमण सुरु भएदेखि १६ हजार ३८२ विद्यार्थी मृत्यु हुनुका साथै २५ हजार ९५९ जना घाइते भएको जनाएको छ ।

    images

    मन्त्रालयले मङ्गलबार विज्ञप्ति जारी गरी घटनाको पुष्टि गरेको छ । मन्त्रालयले इजरायली आक्रमणमा ९१७ जना शिक्षक तथा प्रशासकहरू शहीद भएको तथा  वेस्ट बैंकमा चार हजार ३४७ जना घाइते भएको र १९६ भन्दा बढीलाई हिरासतमा राखिएको  जनाएको छ ।

    images
    images
    images

    गाजाका ४४३ वटा  सरकारी विद्यालय, विश्वविद्यालय र तिनीहरूसँग सम्बद्ध भवनहरू तथा संयुक्त राष्ट्र राहत र कार्य एजेन्सी युएनआरडब्लुए सँग सम्बद्ध ९१ वटा विद्यालयहरूमा बम प्रहार गरी तोडफोड भएको उल्लेख गरिएको छ । वेस्ट बैंकमा १५२ वटा विद्यालय र आठवटा विश्वविद्यालयमा छापा मारेर तोडफोड गरिएको जनाइएको छ । 

    प्रकाशित मिति :जेठ २७, २०८२ मंगलवार - १६:४१:३४ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको