Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 निर्माण व्यवसायीमाथि  कुटपिट गर्ने तीन जना पक्राउ 

 निर्माण व्यवसायीमाथि  कुटपिट गर्ने तीन जना पक्राउ 

जोईन खबर

२८, जेठ २०८२
  • 562
    SHARES
  •  निर्माण व्यवसायीमाथि  कुटपिट गर्ने तीन जना पक्राउ 

    २८ जेठ काठमाडौँ । गोरखामा निर्माण व्यवसायीमाथि कुटपिट गर्ने तीन जना  पक्राउ  परेका छन् । गत शुक्रबार जिल्लाको गण्डकी गाउँपालिका–२,खमारेमा कृतिका निर्माण सेवाका सञ्चालक कृष्णप्रसाद अंगाईलाई कुटपिट गरेको आरोपमा गण्डकी गाउँपालिका–४, ढावेका २९ बर्षका सुजल थापा, १९ बर्षका पुष्प देवकोटा र गण्डकी गाउँपालिका–३ आमडाँडाका बर्ष २४ का दयाराम पन्तलाई गोरखा  प्रहरीले  पक्राउ गरिएको  हो ।

    images

    पक्राउ परेका तीनै जना बिरुद्ध प्रहरीले ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको उहाँले बताउनुभयो । ठेक्काको कामको शिलशिलामा गण्डकी गाउँपालिका गएका बेला सञ्चालक अम्गाईमाथि उनीहरुले घर फर्कदै गर्दा ज्यान मार्ने उद्देस्यले हेल्मेट, ढुङगालगायतले आक्रमण गरेका थिए । घाइते अम्गाईको अवस्था खतरामुक्त रहेको छ ।

    images
    images
    images

    कुटपिटबाट अम्गाईको टाउको तथा शरिरका बिभिन्न भागमा चोटपटक लागेको छ । सोमबार पक्राउ परेका तीन जना बिरुद्ध आज जिल्ला अदालत गोरखाबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :जेठ २८, २०८२ बुधवार - १०:४६:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको