Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि यो बर्ष पनि  कास्कीलाई

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि यो बर्ष पनि  कास्कीलाई

जोईन खबर

२८, जेठ २०८२
  • 604
    SHARES
  • गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि यो बर्ष पनि  कास्कीलाई

    २८ जेठ काठमाडौँ । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि यो बर्ष  पनि कास्कीले हात पारेको छ । गोरखा जिललामा  गत सोमबार र मंगलबार भएको  गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता भएको थियो । प्रतियोगितामा   भलिबल र कबड्डी (महिला÷पुरुष) गोरखा नगरपालिका–६ स्थित हरमटारी खेलमैदानमा, तेक्वान्दो र कराँते खेल कभर्ड हलमा सम्पन्न भएका थिए ।

    images

    त्यस्तै एथलेटिक्स र उसु खेल गोरखा नगरपालिका–१० छेपेटारस्थित खेलमैदानमा सञ्चालन भएको हो । विजेता टोलीले  शिल्ड र कप पुरस्कार प्राप्त गरेको छ । उक्त प्रतियोगिता  उपाधि यो बर्ष पनि  कास्की जिल्लाले जिते हो । मंगलबार सम्पन्न प्रतियोगितामा २७ स्वर्ण, १० रजत र ११ कास्य पदक जित्दै कास्की विजेता बनेको हो ।

    images
    images
    images

    त्यस्तै प्रतियोगितामा ११ स्वर्ण, ७ रजत र ९ कास्य पदक जितेर म्याग्दी दोस्रो, १० स्वर्ण, १० रजत र १० कास्य पदक जितेर बाग्लुङ तेस्रो बनेको छ । ७ स्वर्णसहित ५ रजत र ४ कास्य जितेर गोरखा चौथो र ६ स्वर्ण, १४ रजत र १२ कांस्य जितेर नवलपुर पाँचौं बनेको छ । यस्तै ४ स्वर्ण, ६ रजत र १० कास्य पदक जित्दै लमजुङ छैटौं, २ स्वर्ण ६ रजत र १७ कास्य पदक जितेर तनहुँ सातौं, २ स्वर्ण, ४ रजत र ७ कास्य पदक जितेर स्याङ्जा आठौं, १ स्वर्ण, ३ रजत र ७ कास्य जितेर पर्वत नवौं बनेको हो। 

    प्रकाशित मिति :जेठ २८, २०८२ बुधवार - ११:३४:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको