२९ जेठ काठमाडौँ । नेकपा एमाले निकट बिधार्थी संगठन अनेरास्ववियुको २४ औँ महाधिवेशन महाधिवेशनमा आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । अध्यक्षका लागि डाक्टर सुजन कडरिया र प्रकाश पौडेल प्रतिस्पर्धामा हुने छ । दुवै पक्ष प्यानलसहित चुनावी मैदानमा होमिएका हुन् ।डाक्टर कडरियाको प्यानलमा दीपक धामी महासचिव, उपाध्यक्षमा राजकुमार ढकाल, उपाध्यक्ष ९महिला० अञ्जना सिवाकोटी रहेका छन् । भने पौडेलको प्यानलबाट आरके रोमस महासचिवमा भिड्दै छन् । दुवै पक्ष अनेरास्ववियु पक्तिमा निकै लोकप्रिय मानिएका छन् ।
उनीहरू दुवै पक्षले घोषणापत्र नै सार्वजनिक गर्दै चुनावी मैदानमा होमिएका हुन् । डाक्टर कडरिया एमबीबीएसको अध्ययन सकेर आफ्नो पेसामा आबद्ध छन् । उनी कुनै निजी क्लिनिक वा अस्पतालमा राम्रो सेवा सुविधा लिएर बिरामीको उपचारमा संलग्न छैनन् ।कुनै पनि सेवासुविधा नलिईकन महिनौं दिन सम्म डाक्टरहरू खासै जान नमान्ने ठाउँहरूमा सेवा दिन गइरहेका हुन्छन् ।
राजनीतिक शास्त्रको विद्यार्थी पौडेल ले विद्यार्थी जीवनमा नै उनी अनेरास्ववियुको जिल्ला कमिटीमा प्रवेश गरेका थिए । कलामा समेत पोख्त पौडेलले २०६४ को निर्वाचनमा जिल्लाभर कलाकारको रूपमा परिचय बनाएका थिए ।
कक्षा ११र१२ मा अध्ययन गर्दै गर्दा नै उनी अनेरास्ववियुको जिल्लास्तरको प्रभावशाली नेता बनिसकेका थिए । २०६६ सालमा जनकपुरमा भएको महाधिवेशनमा म्याग्दीबाट निर्वाचित भएर प्रतिनिधि बनेर सहभागी भएका थिए । म्याग्दीको म्याग्दी बहुमुखी क्याम्पसमा धेरै चर्चित आन्दोलनहरूको नेतृत्व पौडेलले गरेका छन् ।