२९ जेठ काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको छ । हिजो छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको मूल्य भने घटेको छ ।
यस दिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको हो । यस दिन चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।