Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मैले मेरो पेशागत जीवनमा सधैं उच्च नैतिक मूल्य र उत्तरदायित्वका साथ काम गरेको छु , सम्मानित अदालतबाट न्याय प्राप्त हुनेछ भन्नेमा मलाई पूर्ण विश्वास छ : सूचना विभागका महानिर्देशक प्रदीप परियार

मैले मेरो पेशागत जीवनमा सधैं उच्च नैतिक मूल्य र उत्तरदायित्वका साथ काम गरेको छु , सम्मानित अदालतबाट न्याय प्राप्त हुनेछ भन्नेमा मलाई पूर्ण विश्वास छ : सूचना विभागका महानिर्देशक प्रदीप परियार

जोईन खबर

२९, जेठ २०८२
  • 916
    SHARES
  • मैले मेरो पेशागत जीवनमा सधैं उच्च नैतिक मूल्य र उत्तरदायित्वका साथ काम गरेको छु , सम्मानित अदालतबाट न्याय प्राप्त हुनेछ भन्नेमा मलाई पूर्ण विश्वास छ  : सूचना विभागका महानिर्देशक प्रदीप परियार

    २९ जेठ काठमाडौँ  । काठमाडौ महानगरपालिकाका तत्कालीन प्रमुख प्रुशाकीय अधिकृत तथा सूचना तथा प्रसारण  विभागका महानिर्देशक प्रदीप परियारले अदालतबाट आफूलाई न्याय प्राप्त हुने बताएका छन् ।

    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ९हाल महानिर्देशक, सूचना तथा प्रसारण विभाग० रहँदा सामाखुशी  कोरिडोर अन्तर्गत बसुन्धारदेखि म्हेपीसम्मको ढल निजार्णमा भ्रष्टाचार भएको  भन्दै मुद्दा दर्ता गरेपछि परियारले आज आफनो फेस्बुक सामाजिक सञ्जाल मार्फत  लेख्दै भने  मैले मेरो पेशागत जीवनमा सधैं उच्च नैतिक मूल्य र उत्तरदायित्वका साथ काम गरेको छु।

    images
    images
    images

    अहिले प्रश्न उठेकाले मैले अदालती  प्रक्रियाको सम्मान गर्दै सोको विधिसम्मत रूपमा सामना गर्नेछु। सम्मानित अदालतबाट न्याय प्राप्त हुनेछ भन्नेमा मलाई पूर्ण विश्वास छ भने भनाए  लेखेका हुन् । अख्तियारले परियारसहित सात जनालाई सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    काठमाडौं महानगरको सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा भ्रष्टाचार गरेको आरोपमा परियारसहित महानगरका निर्देशक रविनमान श्रेष्ठ, निर्देशक शिवराज अधिकारी, निर्देशक वसन्त आचार्य, निर्देशक नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो ।अख्तियारले ढल निर्माण कार्यको ठेक्कामा ४ करोड ३१ लाख ७२ हजार नोक्सानी पुर्याएको भन्दै सोही बराबर बिगो तोकेर मुद्धा दायर भएको जानकारी दिएको छ ।

    प्रकाशित मिति :जेठ २९, २०८२ बिहिवार - ११:५९:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको