Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कमेडी च्याम्पियन्सका निर्देशक  भण्डारीलाई प्रधानमन्त्री कार्यालय बोलाइयो

कमेडी च्याम्पियन्सका निर्देशक  भण्डारीलाई प्रधानमन्त्री कार्यालय बोलाइयो

जोईन खबर

३०, जेठ २०८२
  • 577
    SHARES
  • कमेडी च्याम्पियन्सका निर्देशक  भण्डारीलाई प्रधानमन्त्री कार्यालय बोलाइयो

    ३० जेठ काठमाडौँ । कमेडी  च्याम्पियन्सका निर्देशक विशाल भण्डारीलाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयले बोलाएको छ । गत मङ्गलवारको कार्यक्रमको नयाँ शृङ्खलामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यङ्ग्य गरिएपछि उनलाई प्रधानमन्त्रीको कार्यालय आउन अनुरोध गरिएको हो ।

    images

    उक्त शृङ्खलामा राष्ट्रिय स्वतन्त्र पार्टीका चार जना सांसदहरू डा तोसिमा कार्की, सुमना श्रेष्ठ, असिम शाह र निशा डाँगीलाई अतिथिको रूपमा निम्त्याएर रमाइला तथा व्यङ्ग्यात्मक कमेडी गरिएको थियो ।

    images
    images
    images

    जसमा प्रधानमन्त्रीप्रति पनि व्यङ्ग्य गरिएको थियो । यही विषयलाई लिएर लिएर निर्देशक भण्डारीलाई प्रधानमन्त्री कार्यालयका स्वकीय सचिव अरुण लम्सालले बोलाएका हुन् ।निर्देशक भण्डारीले प्रधानमन्त्री कार्यालयबाट बोलावट आए पनि सामान्य कुराकानी भएको बताए ।

    ‘मैले कार्यक्रमका लागि बोलाएको होला भन्ने ठानेको थिएँ,’ भण्डारीले भने ‘सामान्य भेटघाट र कुराकानी भयो ।केही नयाँ कार्यक्रमको आइडियाबारे पनि छलफल भएको उनले बताए । कुराकानीको अन्तिममा भने  प्रधानमन्त्रीप्रति व्यङ्ग्य गर्दा गम्भीर हुन अनुरोध गरिएको उनले जानकारी दिए ।

    प्रकाशित मिति :जेठ ३०, २०८२ शुक्रवार - १०:५१:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको