Logo

बिहिवार, कार्तिक १३ गते २०८३

देशप्रेम झल्किने नयाँ देशभक्तिपूर्ण गीत  गुनियो चोली पटुकी सार्वजनिक 

देशप्रेम झल्किने नयाँ देशभक्तिपूर्ण गीत  गुनियो चोली पटुकी सार्वजनिक 

जोईन खबर

३०, जेठ २०८२
  • 928
    SHARES
  • देशप्रेम झल्किने नयाँ देशभक्तिपूर्ण गीत  गुनियो चोली पटुकी सार्वजनिक 

     
    ३० जेठ काठमाडौँ । पछिल्लो समय गीत लेखनमा समेत सक्रिय रहेका एआइजी दानबहादुर कार्कीको नयाँ गीत सार्वजनिक भएको छ । कार्कीले लेखेको ‘गुन्यु चोली पटुकी’ बोलको बाल गीत सार्वजनिक भएको हो ।  उनले सार्वजानिक  गरेको गित 

    images

    एआइजी कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी’ भिडिओ
     देशप्रेम झल्किने नयाँ देशभक्तिपूर्ण गीत सार्वजनिक
    राष्ट्रिय भावनाले ओतप्रोत गुनियो चोली पटुकी गीत सार्वजनिक
    स्वाभिमान र एकताको सन्देश दिने राष्ट्रिय गीत  सार्वजनिक

    images
    images
    images


    ‘नेपालकी छोरी हुँ म
    यही हो मेरो घर
    गुन्यु चोली पटुकी
    मलाई साह्रै सुहाउँछ।।।’

    बसन्त सापकोटाको संगीतमा बाल गायिका अनुजा कँडरियाले स्वर भरेको यो गीतमा बाल कलाकार आन्भी ओलीले अभिनय गरेकी छन् । नयाँ पुस्तालाई राष्ट्रप्रेम जागृत गराउन र आफ्नो संस्कृति र भेषभुषाप्रति गौरव गराउन यो गीत लेखेको एआईजी कार्कीले बताए ।
    ‘गुन्यु, चोलो र पटुकी नेपाली संस्कृति र भेषभुषाका अभिन्न अंग हुन्,’ एआईजी कार्कीले भने, ‘हाम्रो यो संस्कृति नयाँ आउने पुस्ताले बिर्सिदै जाला कि भन्ने अवस्थामा यो गीत लेखिएको हो । गीतमा अभिव्यक्ति विषयले म मेरो देशप्रति गर्व गर्छु, मेरो भेषभुषाप्रति गर्व गर्छु भन्ने सन्देश बोक्न खोजेको छ । गीतले नयाँ पुस्तालाई राष्ट्रप्रेम जागृत गराउने र आफनो संस्कृति र भेषभुषाप्रति गौरव महसुस गराउन भूमिका खेल्न सक्छ । ’

    पवन सुस्लिङको छायांकन, सम्पादन र कलरिङ रहेको यो गीतको भिडियो निर्देशन किरन थापाले गरेका हुन् । एआइजी कार्कीले अघिल्लो वर्ष प्रहरीको प्रवक्ता हुँदा ‘दसैँ–तिहार’ बोलको मार्मिक गीत सार्वजनिक गरेका थिए ।

    https://youtu.be/WiiZUosS4R0

     
     
     
     

     

    प्रकाशित मिति :जेठ ३०, २०८२ शुक्रवार - १६:३४:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको