३० जेठ काठमाडौँ । भिजिट भिसा प्रकरणमा विपक्षी दल फुटेका छन् । नेकपा माओवादी केन्द्रले कांग्रेस र एमालेसँग दुई बुँदे सहमति गरेसँगै विपक्षी दल अलग अलग भएका हुन् ।शुक्रबार भिजिट भिसा प्रकरणको छानबिन र अध्ययन गर्न उपयुक्त संयन्त्र गठन गर्ने गरी दुई बुँदे सहमति भएको छ र सहमतिपत्रमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले मुख्य सचेतक महेश बर्तौला र माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा रास्वपा आफ्नै किसिमले अगाडी बढ्ने प्रतिक्रिया दिएका छन् ।कांग्रेस(एमालेसँग भएको सहमति बारे जानकारी दिदै प्रचण्डले रास्वपा आफ्नै किसिमले अगाडी बढ्ने, तर आफुहरुले उनीहरुको अडानमा विमति नराख्ने बताएका हुन् ।
रास्वपासँग मुलभूत विषयमा केहि फरक छैन, तर उहाँहरुका केहि अडानका कारणले सायद केहि समय आफ्नै किसिमले जानुहुन्छ भने भनाई व्यक्त गरे ।
रास्वपाले ल्याएको प्रस्तावमा भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानमा हस्तक्षेप नगरी सरकारले पूर्ण सहयोग र सहजीकरण गर्ने, अख्तियारको क्षेत्रमाथि अतिक्रमण नगरेर भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न पाँच दिन भित्र उच्चस्तरीय छानबिन आयोग गठन गर्ने, समितिको कार्य क्षेत्र कार्यसम्पादन समिति गठन गर्ने, नैतिक हिसाबले गृहमन्त्री रमेश लेखकले राजीनामा दिने लगयतका विषय रहेका छन् ।