१ असार काठमाडौँ । गोरखा ताकुकोट सेवा समाज काठमाडौँद्वारा आयोजित एकदिवसिय तेस्रो जिटिएसएसके कप २०८२ साविक वडाको टोल स्तरिय फुटसल प्रतियोगिता हिजो सम्पन्न भएको छ । गोरखा बारपाक सुलिकोट गाउँपालिका वडा न ६ गोरखा ताकुकोट सेवा समाज काठमाडौँले साबिक वडाको टोल स्तरिय फुटसल प्रतियोगित काठमाडौंमा हिजो शनिबार बालाजुको ब्राईट हिवन बोर्डिङ स्कुलको फुट्सलमा उक्त कार्यक्रम सम्पन्न गरेको संस्थाका महासचिव धिरज उपरकोटी बताउनु भयो । फुटसल प्रतियोगिताको उपाधि वडा न ६ मनाशलु युवा क्लब बहाकोटले हात पारेको छ ।
बारपाक सुलिकोट वडा न ६ ताकुकोट्बाट काठमाडौं आई बसोवास व्यवसाय अध्ययन गर्ने युवा हरूलाई लक्षित गरेर गरीएको फुटसल कार्यक्रम मा साविक ९ वटा वडाबाट १३ वटा टिमको सहभागीता भएका थिए । जसमा सहभागिता रहेका टिमलाई खेल लिक चरणले खेलाउनु पर्ने भएकोले सबै खेलाडीहरुको सहमतिमा चार पोलमा राखेर विभाजना गरिएको थियो । ए,बि,सि र डी गरि चार समूहमा विभाजन गरिएको थियो । उक्त प्रतियोगिताको फाइनल खेल भने वडा न ६ बहाकोटको मनाशलु क्लब र साविक वडा न ५ भञ्याङको जन शक्ति युवा क्लब ए बिच भएको थियो। फाइनल खेलको समय अवधिमा कुनै टिमले गोल नगरे पछि खेल संस्थाको नियम अनुसार सिधै पेन्लटी सुटआउट गर्ने निर्णयय भएकोले दुई बिच पेन्लटी सुट आउट गरिएको हो । खेलको पेन्लटी सुटआउट मा तिन तिन जनाले हानिएको थियो । त्यसमा विजेता मनाशलु युवा क्लबको २ र जन शक्ति युवा क्लब भञ्ज्याङको १ भएको हो । त्यसै क्रम तेस्रो जिटिएसएसके फुटशल प्रतियोगिताको बिजेता मनाशलु युवा क्लब बहाकोट भएको हो ।
विजेता नाशलु युवा क्लब बहाकोट
उक्त प्रतियोगितामा विजेता बनेको मनाशलु युवा क्लब बहाकोटले नगद १५,००० रूपैयाँ सहित ट्रफि,मेडल र प्रमाणपत्रले पृरस्कृत गरिएको थिए । द्वितीय हुने टिम भञ्याङलाई नगद रू ७००० रूपैयाँसहित मेडल,प्रमाणपत्रद्वारा पृरस्कृत भएका थिए ।साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी मनाशलु युवा क्लबका युसन गुरुङलाई केही नगद र ट्रफि प्रमाणपत्र उत्कृष्ट गोलकिपर पवन गुरूङले केही नगदसहित ट्रफि,प्रमाणपत्र ,उच्चस्कोर गर्ने उपविजेता जन शक्ति युवा क्लब भञ्ज्याङका खेलाडी निरज निरौला र भासकार बरामलाई केही नगदसहित ट्रफि,प्रमाणपत्रले सम्मान गरिएको थियो । उक्त प्रतियाेगिता भव्यार सव्या पार्न दाेस्राे पुरस्कारकाे स्पाेनसर गर्नु हुने वातासिनो एजुकेसन कन्सल्टेन्सी सोह्रखुट्टे काठमाडौंका प्रबन्धक मनोज जोशी सम्मानपत्र दिएर सम्मान गिरएकाे थियाे ।
उपविजेता जन शक्ति युवा क्लब भञ्याङ
प्रतियोगिताको पृरस्कार वितरण सामरोहमा गोरखा ताकुकोट सेवा समाज काठमाडौँका अध्यक्ष अनुप श्रेष्ठसोही संस्थाका सल्लाहकार र दोस्रो पुरस्कार स्पोनसर गर्ने वातासिनो एजुकेसन कन्सल्टेन्सी सोह्रखुट्टे काठमाडौंका (प्रबन्धक मनोज जोशी) साथमा गोरखा ताकुकोट सेवा समाज काठमाडौंका निर्वतमा अध्यक्ष कृष्ण पनेरु , पूर्वअध्यक्ष चुडाप्रसाद बस्ताकोटीद्वारा वितरण गरिएको थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रका बिशिस्ट व्याक्ती , कलाकार , पत्रकार सुरक्षाकर्मी , शिक्षक विध्यार्थीहरुको उपस्तिथि रहेको थियो।कार्यक्रममा विभिन्न व्याक्तीहरुले खेलाडिलाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग गरेका थिए । खेलाडीलाई आयोजकले नास्ता पानी र फलफुलको व्यबस्थापन समेत गरेको थियो ।
दोस्रो पुरस्कार स्पोनसर गर्ने वातासिनो एजुकेसन कन्सल्टेन्सी सोह्रखुट्टे काठमाडौंका (प्रबन्धक मनोज जोशी) सम्मानीत
यस संस्थाले ताकुकोटबाट काठमाडौंमा बस्ने युवाहरु साथै आजीवन सदस्यहरुको छोरारछोरी र अग्रजहरु बिच चिनजान, परिचय, एकता र भाईचार अभिबद्धीको लागि तेस्रो गोरखा ताकुकोट सेवा समाज कप फुटशल प्रतियोगिता जेठ ३१ गते शनिबार गरेकाे हाे । यो संस्था २०७२ सालमा स्थापना भइ संस्थाले सामाजिक सेवा कामहरू धेरै गर्दै आएको र युवाहरूलाइ पनि समेटेर तयारीले फुटशल प्रतियोता राखिएको हो ।








