Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 गोप्य भिडियो खिचेर बार्गेनिङ गरेको आरोपमा दुई जना पक्राउ 

 गोप्य भिडियो खिचेर बार्गेनिङ गरेको आरोपमा दुई जना पक्राउ 

जोईन खबर

१, आषाढ २०८२
  • 739
    SHARES
  •  गोप्य भिडियो खिचेर बार्गेनिङ गरेको आरोपमा दुई जना पक्राउ 

    १ असार काठमाडौँ । शंखुवासभामा एक व्यक्तिको गोप्य भिडियो खिचेर बार्गेनिङ गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

    images

    यस घटनामा पक्राउ पर्नेहरुमा भोजपुरको षडानन्द नगरपालिका–१ घर भएका २९ वर्षीय सुजन भुजेल र सोही ठाउँका २१ वर्षीय बिपल राई छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय शंखुवासभाको टोलीले पक्राउ गरेको हो ।

    images
    images
    images

    उनीहरुले एक व्यक्तिको अश्लिल भिडियो, फोटो खिचेर ब्ल्याकमेलिङ गरेको र आफन्तलाई समेत पठाएर चरित्र हत्या गरेको पाइएको प्रहरीले बताएको छ ।

    आफूहरुले भनेअनसार नगरे ती भिडियो, फोटो सार्वजनिक गरिदिने भन्दै उनीहरुले धम्की दिएको पाइएको शंखुवासभा प्रहरीका प्रवक्ता तथा इन्स्पेक्टर अभिशेक कुमार श्रेष्ठले बताए । पक्राउ परेकाहरुविरुद्ध आपराधिक लाभ र साइबर अपराधको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

    प्रकाशित मिति :आषाढ १, २०८२ आइतवार - १३:५५:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको