Logo

बिहिवार, कार्तिक १३ गते २०८३

शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत

शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत

जोईन खबर

१, आषाढ २०८२
  • 898
    SHARES
  • शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत

    १ असार काठमाडौं,  राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १५ औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताका पदक विजेतासहित टोलीलाई आइतबार स्वागत गरेको छ ।राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईलगायतले टोलीलाई त्रिपुरेश्वरस्थित राखेपमा स्वागत गर्दै सफलताका लागि बधाइ दिए ।त्यसअघि आइतबारै टोलीलाई कार्यकारी समितिका सदस्य भट्टराई, नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका प्रथम उपाध्यक्ष विजयलाल कायश्थसहित पदाधिकारी, खेलाडी, प्रशिक्षक, शुभचिन्तक, परिवारजनलगायतले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

    images

    भुटानको थिम्पूमा जेठ ३० देखि ३१ गतेसम्म भएको प्रतियोगितामा नेपालले १ स्वर्ण र ३ रजत जितेको थियो । नेपालबाट ३ पुरुष र २ महिला गरी ५ खेलाडीले सहभागिता जनाएका थिए ।महिला एथलेटिक फिजिकमा उर्मिला श्रेष्ठले नेपाललाई स्वर्ण दिलाइन् । सोही स्पर्धामा शीला ठकुरीले रजत पदक जितिन् ।पुरुष ५५ केजी तौलसमूहमा सरद सुवालले रजत तथा पुरुष स्पोटर््स फिजिक १७५ सेन्टीमिटर मुनी अवतार श्रेष्ठले रजत पदक जिते ।

    images
    images
    images

    r6.jpeg

    पुरुष स्पोटर फिजिक १७५ सेन्टीमिटर माथि प्रनिश श्रेष्ठ पाँचौं स्थानमा रहे ।स्वागत कार्यक्रममा सदस्य–सचिव घिसिङले शारीरिक सुगठनले राष्ट्रलाई चिनाउने क्रममा थ्रुपै अन्तर्राष्ट्रिय पदक जितिसेको बताउदै पदक जितेर सारा नेपालीलाई खुशी बनाएकोमा खेलाडीलाई बधाइ दिए ।उनले शारीरिक सुगठन खेल बारे भने– ‘यो खेलको विशेषता र परिचय भनेकै खाली हात नआउने खेल हो’ ।

    r7.jpeg

    शारीरिक सुगठन महासंघका प्रथम उपाध्यक्ष विजयलाल कायश्थले हरेक अन्तर्राष्ट्रिय प्रतियोगतामा शारीरिक सुगठनले राष्ट्रलाई पदक दिलाउदै आएको स्मरण गरे ।टोलीसंगै अफिसियलका रुपमा भुटान गएका शारीरिक सुगठनका सचिव दिनुशकुमार राजभण्डारीले सन् २०२७ मा नेपालमा विश्व शारीरिक सुगठन च्याम्पियनसिप आयोजना बारे पनि भुटानमा छलफल भएको जानकारी गराए ।व्यवस्थापकमा सुरेश सुवेदी, प्रशिक्षकमा रुजेश शाही, निर्णायकमा दीपेन्द्रकुमार प्याकुरेल तथा सहयोगीमा रमेश श्रेष्ठ र बालमुकुन्द अवाल भुटान गएका थिए ।

    प्रकाशित मिति :आषाढ १, २०८२ आइतवार - १४:५३:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको