१ असार काठमाडौँ । जामाचो हाइकिङबाट फर्कंदै गर्दा हराएका १३ वर्षीय बालक ६०० मिटर तल भिरमा घाइते अवस्थामा फेला पारेका छन् । परिवारसहित जामाचो हाइकिङमा गएका गोंगबु गणेशथान निवासी १३ वर्षीय एक बालक फर्कने क्रममा हराएका थिए। वाल हराए पछि प्रहरी र नेपाली सेनालाई खबर गरिएको हो ।
त्यस पछि खोजी कार्यमा जुटेको नेपाली सेनाको भैरवीदल गण, नागार्जुनबाट खटिएको टोलीले बालकलाई भिरबाट करिब ६०० मिटर तल घाइते अवस्थामा फेला पारेको एक नेपाल आर्मीलृ बताए ।

नेपाली सेनाले तत्कालै प्राथमिक उपचार प्रदान गरी बालकलाई थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर पठाउने कार्यमा सहयोग गरेको जनाएको छ। बालकको स्वास्थ्य अवस्था हाल नियन्त्रणमा रहेको जनाइएको छ।नेपाली सेनाको यो तिव्र र सह्रानीय उद्धार कार्यले आम नागरिकमा विश्वास र सुरक्षाको भावना अझ बलियो बनाएको छ।