१ असार काठमाडौँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा भएको स्कुटर दुर्घटना एक जनाको मृत्यु र एक जना घाइते भएको छ ।
उक्त सडकमा दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग२५प ४१३ नम्बरको स्कुटर अनियन्त्रित भई सडकमा पल्टिँदा स्कुटर चालक आशिकबाबु नरालको मृत्युु भएको तनहुँ प्रहरीले जनाएको छ ।
चालक गोरखा नगरपालिका–१३ अवुवा देउराली बस्ने २२ बर्षीय नरालको निधारमा काटेको, पेटमा दधारेको, बायाँ घुडामा काटेको अवस्थामा प्रदेश अस्पताल दमौली पुर्याउदा डाक्टरले मृत घोषणा गरेका थिए ।
यस्तै, उक्त दुर्घटनामा स्कुटर पछाडि सवार ४७ वर्षीय कृष्णप्रसाद नराल सामान्य घाइते रहेको बताइएको छ । घाइते र मृतक बाबुछोरा रहेको बताइएको छ । घटना बारे थप विवरण आउन बाकी छ ।