२ असार काठमाडौँ । रामेछाप अस्पतालमा कार्यरत डा. केशव श्रेष्ठ आज बिहानबाट सम्पर्कविहीन भएका छन्। सो अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेन्टमा कार्यरत डां श्रेष्ठ आज करिब २ घण्टा अघि मात्र सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेखेर सम्पर्कविहीन भएका हुन्।
उनले आफ्नो मोबाइल फोन समेत बन्द गरेका छन्। श्रेष्ठले फेसबुकमा परिवार लगायत आफन्तहरुसँग माफी मागेका छन् । रामेछाप अस्पतालमा आएदेखि नै आफू दिन रात खटिएर अस्पताल कसरी राम्रो बनाउने भनेर लागेको र आफू प्रमुख भए पछि काम चोर्ने, ठग्ने, सिष्टमामा नबस्ने कर्मचारीहरूको भागाभाग भएको उनले लेखेका छन् ।
उनले आफूविरुद्ध सरुवा भएर गएका डा गगन अधिकारी र रामेछाप–०८ का केदार कार्की लगायतका व्यक्तिहरु लागेको समेत बताएका छन् ।
उनले लेखेको फेसबुक स्ट्याटस यस्तो छ ।


