२ असार काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ले आज पनि संसद बहिष्कार गरेका छन् । संसद बैठक सुरु भएसँग अवरोध गरेका राप्रपाका सांसदहरू एक छिनपछि बाहिर निस्किएका हुन् ।
आज बैठक सुरु हुने बित्तिकै रास्वपासँगै राप्रपाले पनि संसदमा अवरोध गरेको थियो । तर, सभामुख देवराज घिमिरेले विरोधकै बीच कारबाही अघि बढाएपछि राप्रपाका सांसद बाहिर निस्किएका हुन् ।
राप्रपाका सांसदहरू आइतबार पनि विरोध गर्दै बाहिर निस्किएका थिए । राप्रपा र रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न माग गरेका छन् ।