२ अुार काठमाडौँ । रामेछाप अस्पतालमा कार्यरत डा. केशव श्रेष्ठ फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका उनलाई सकुशल भेटिएका छन् ।उनले आफ्नो मोबाइल फोन समेत बन्द गरेका थिए।उक्त कुराको खबरले प्रहरी देखि विभिन्न निकायहरुले खोजी कार्य गर्ने क्रममा काठमाडौं प्रहरी परिसरको टोलीले डा. श्रेष्ठलाई तार्केश्वर नगरपालिका वडा न -३ स्थित श्रीनाथ बुटिक रिसोर्टमा भेटाएको काठमाडौं प्रहरी परिसरका एसएसपी विश्व अधिकारीले बताए ।बालाजुमा भेटिएका डा। श्रेष्ठलाई प्रहरीले आफ्नो कार्यालय भद्रकालीमा लागिएको छ ।
फेसबुकमा लामो स्टाटस लेखेर उनी सम्पर्कविहीन भएपछि प्रहरीले खोजी तीव्र पारेको थियो । सोमबार बिहान चाबहिलस्थित गोपिकृष्णहल नजिकै रहेको डेराबाट उनी बुलेट मोटरसाइकल चढेर हिँडेका थिए । स्ट्याटस लेखेर मोबाइल स्विचअफ गरेपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो ।
उनको खोजीमा उपत्यका अपराध अनुसन्धान कार्यालय, साइबर ब्युरो र काठमाडौँ परिसरका अनुसन्धान अधिकृतहरू जुटेका थिए । जिल्ला अस्पताल रामेछापबाट सरुवा भएर हेटौंडा पुगेका उनले आफूलाई झुटो आरोप लगाइएको र आर्थिक चलखेलमा सरुवा गरिएको फेसबुकमा उल्लेख गरेका छन् ।
उनी जेठ मसान्तमा रामेछाप अस्पतालबाट बागमती प्रदेश स्वास्थ्य मन्त्रालय हेटौंडा सरुवा भएका थिए । उनले आफ्नो सरुवामा राजनीतिक चलखेल र व्यक्तिगत प्रतिशोध रहेको आरोप लगाएका छन् । अबक घटना हुन खोज्नुको कारण बारे थप अनुसन्धान हुदै छ ।