२ असार काठमाडौँ । नेपाल–भारत सिमानामा पर्ने महाकाली नदी पुलको बाटो बन्द गरेको छ । महाकाली पुलको बाटो बन्द भएपछि नेपालको दार्चुला सदरमुकाम र भारतको धारचुला आउ–जाउ बन्द भएको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले एक जना भारतीय नागरिकको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न दबाब दिने उद्देश्यले महाकाली नदीको पुल बन्द गराएको बताए ।
भारत सरकार आफैंले नभई भारतीय नागरिकहरुले आफ्नो सरकारलाई दबाब दिने उद्देश्यले बाटो बन्द गरेको बुझिएको छ । महाकाली नदी माथिको पुलको बाटो बन्द छ ।
दिउँसो केही मिनेट बाटो खुले पनि अहिले फेरि बन्द भएको हो । जुन ७ तारिखको दिन भारत धारचुलाका कमलेश दानुको चक्कु प्रहार गरी हत्या भएको थियो ।उनको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाहीको माग गर्दै गत शनिबार ज्ञापनपत्र बुझाएको थियो ।