३ असार काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोलाको मुग्लिन–नारायणगढ सडकखण्डमा माथि बाट ढुंगा खस्दा दुइ गाडीमा सामान्य क्षति भएको छ । आज ३ बजे तिर सुक्खा पहिरो खसेको थियो ।
पहिरो पन्छाएर सवारीसाधनको आवागमन खुलाउने क्रममा माथिबाट ढुंगा खसेको सडक डिभिजनले जनाएको छ । माइक्रोबसको छतमा माथिबाट ढुंगा खसेको र अर्को एउटा एम्बुलेन्सको अगाडिको सिसा चर्किएको सडक डिभिजन भरतपुरले जनाएको छ ।त्यसक्रममा मानवीय क्षति भएको छैन ।
मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानजिकै खसेको सुक्खा पहिरो हटाई साना सवारीसाधनहरूलाई आवागमन सुचारु हुँदै गर्दा माथिबाट ढुंगा खसेको थियो । मानवीय क्षति भने हुन पाएन । बुझेर हेरेर मात्र सुरक्षित यात्रा गर्नुहुन अनुरोध छ ।