Logo

बिहिवार, कार्तिक १३ गते २०८३

तनहुँको १४० मेगावाट क्षमता जलविद्युत् आयोजना जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)  नेपाल प्रमुखको टोलीले अनुगमन गर्दै

तनहुँको १४० मेगावाट क्षमता जलविद्युत् आयोजना जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)  नेपाल प्रमुखको टोलीले अनुगमन गर्दै

रासस

४, आषाढ २०८२
  • 667
    SHARES
  • तनहुँको १४० मेगावाट क्षमता जलविद्युत् आयोजना जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)  नेपाल प्रमुखको टोलीले अनुगमन गर्दै

    ४ असार काठमाडौँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)  नेपाल प्रमुखको टोलीले आज अनुगमन गरेको छ ।  जाइका नेपाल कार्यालयका प्रमुख मात्सुजाकी मिजुकी नेतृत्वको टोलीले आयोजनाको स्थलगत निरीक्षण गर्दै हालसम्मको प्रगतिबारे जानकारी लिएको छ । जलविद्युत् आयोजनामामा जाइकाको लगानी रहेको छ ।

    images

    टोलीले आयोजनाका प्याकेज–१ र २ अन्तर्गतका निर्माणाधीन संरचनाको स्थलगत निरीक्षण र आयोजना प्रमुख, आयोजना सुपरीवेक्षण परामर्शदाताका प्रमुखलगायतसँग छलफल गरेको छ ।  बाँध निर्माणमा ४२।५ प्रतिशत, प्याकेज दुई अन्तर्गत भूमिगत विद्युत्गृहमा ६७ र प्याकेज तीन अन्तर्गत प्रसारण लाइन निर्माणमा ७४ प्रतिशत प्रगति भएको छ ।

    images
    images
    images

    कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत ९प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत० ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग ९जाइका० ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । 

    प्रकाशित मिति :आषाढ ४, २०८२ बुधवार - १३:०४:२७ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको