Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एचजेबीएलको फाइनल खेल शनिवार लगनखेलमा हुने

एचजेबीएलको फाइनल खेल शनिवार लगनखेलमा हुने

जोईन खबर

४, आषाढ २०८२
  • 496
    SHARES
  • एचजेबीएलको फाइनल खेल शनिवार लगनखेलमा हुने

    ४ असार काठमाडौँ ।  हिमालयन जाभा बास्केटबल लिग एचजेबीएल को फाइनल खेल आगामी शनिवार ९असार ७ गते० हुने भएको छ ।फाइनल खेल लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुने आयोजक नेपाल बास्केटबल संघ ९नेबा० ले जनाएको छ ।

    images

    उपाधिका लागि गोल्डेनगेट बास्केटबल क्लब र टाइम्स बास्केटबल क्लबबीच फाइनलमा प्रतिस्पर्धा हुँदैछ । ६ टोली सहभागी लिगमा डबल राउण्ड रोविनको खेलपछि गोल्डनेगेट र टाइम्स शीर्ष दुईमा रहेर फाइनल पुगेका हुन् ।यसअघि लिग चरणका सबै खेलहरु कीर्तिपुरस्थित कीर्तिपुर कभर्डहलमा खेलाइएको थियो । तर फाइनल खेल भने लगनखेलस्थित सेनाको कभर्डहलमा खेलाउन लागिएको नेबाका अध्यक्ष भिमसिंह गुरुङले जानकारी दिए ।

    images
    images
    images

    फाइनल र तेस्रो स्थानको लागि खेल लगनखेलमा खेलाउनेछौँ । दुवै खेल दिउँसो हुनेछ । दर्शकहरुका लागि पनि फाइनल खेलको मज्जा लिने राम्रो अवसर हुनेछ ।’ नेबा अध्यक्ष गुरुङले भने ।आगामी शनिबार प्लेअफ अन्तर्गत दुई खेल ९फाइनल र तेस्रो स्थानको लागि खेल० हुनेछ । तेस्रो स्थानको लागि खेल बिहान ११ बजे सुरु हुनेछ ।

    त्यसपछि फाइनल खेल हुनेछ ।लिगमा गोल्डेनगेट पहिलो र टाइम्स दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् भने हाउण्ड्स तेस्रो र कीर्तिपुर बास्केटबल क्लबल चौथो भएको थियो । अब हाउण्ड्स र कीर्तिपुरले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।तेस्रो स्थानको लागि खेल बिहान साढे ११ बजे सुरु हुनेछ । यस्तै गोल्डेनगेट र टाइम्सबीचको फाइनल खेल दिउँसो साढे ३ बजे सुरु हुने आयोजकले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ ४, २०८२ बुधवार - १४:२१:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको