Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एनएसजेएफलाई राखेप कर्मचारी संघको स्वागत

एनएसजेएफलाई राखेप कर्मचारी संघको स्वागत

जोईन खबर

५, आषाढ २०८२
  • 550
    SHARES
  • एनएसजेएफलाई राखेप कर्मचारी संघको स्वागत

    ५ असार काठमाडौँ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले बिहिबार नेपाल खेलकुद पत्रकार मञ्च     (एनएसजेएफ) को नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना दिएको छ ।त्रिपुरेश्वरस्थित राखेप कर्मचारी संघको कार्यालयमा भएको कार्यक्रममा राखेप कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी भण्डारीले एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारीलाई मायाको चिनो प्रदान गर्नुभयो ।

    images

    यसैगरी उहाँले एनएसजेएफका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई खादा ओढाएर बधाई तथा शुभकामना दिनुभयो ।कर्मचारी संघकी अध्यक्ष भण्डारीले राखेप कर्मचारी र खेल पत्रकारको कार्यक्षेत्र फरक भएपनि दुवै श्रमजीवी हौँ भन्नुहुँदै दुवै पक्ष खेलकुदको विकास विस्तार र खेलाडीहरूको प्रगतिका लागि एकअर्काको परिपूरक भएर अगाडि बढ्नुपर्छ भन्नुभयो ।यसैरी एनएसजेएफका अध्यक्ष अधिकारीले राखेपसँग अलग भएर खेल पत्रकार रहन नसक्ने भएकोले राखेपसँग स्वत सम्बन्ध बन्ने बताउनुभयो ।

    images
    images
    images

    ‘खेल पत्रकारको सबभन्दा पहिलो प्राथमिकता खेलाडी हो त्यसपछि कर्मचारी र अन्य विविध पक्षमा हाम्रा ध्यान जान्छ । त्यसैले पनि कर्मचारीको समस्यामा त्यत्ति ध्यान नपुगेको जस्तो लाग्छ’ उहाँले भन्नुभयो । अध्यक्ष अधिकारीले नेपाली खेलकुदको विकास गर्नुपर्छ भन्ने मान्यतामा दुवै संस्था समानान्तर ढङगले अगाडि बढिरहेको भनाई पनि राख्नुभयो ।

    यसैगरी राखेप कर्मचारी संघका पूर्व अध्यक्ष रञ्जन थापाले खेल पत्रकारबाट राखेपका कर्मचारीहरुको पनि समाचार आउनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले विश्लेषणात्मक लेख आयो भने नेपाली खेलकुदको विकासमा खेल पत्रकारबाट अझ राम्रो योगदान हुनेछ, भन्नुभयो ।यसैगरी राखेप कर्मचारी संघका महासचिव कुमार बस्नेतले कर्मचारी, खेलाडी, पत्रकार सबै खेलकुद परिवार हौँ भन्नुहुँदै सबैको एकता भएमात्र खेलकुदको विकास हुने बताउनुभयो ।

    प्रकाशित मिति :आषाढ ५, २०८२ बिहिवार - १०:५५:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको