Logo

बिहिवार, कार्तिक १३ गते २०८३

१७ औँ अधिवेशन बाट उत्तरी गोरखाको चुमनुब्रीले यो बर्षको नीति कार्यक्रम तथा बजेट सार्वजनिक ग¥यो 

१७ औँ अधिवेशन बाट उत्तरी गोरखाको चुमनुब्रीले यो बर्षको नीति कार्यक्रम तथा बजेट सार्वजनिक ग¥यो 

जोईन खबर

५, आषाढ २०८२
  • 637
    SHARES
  • १७ औँ   अधिवेशन बाट उत्तरी गोरखाको चुमनुब्रीले यो बर्षको नीति कार्यक्रम तथा बजेट सार्वजनिक ग¥यो 

    ५ उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको सत्रौं अधिवेशन तथा यो बर्षको  नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । गाउँ परिषदमा पालिका प्रमुख निमा लामाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपप्रमुख लक्ष्मी गुरुङले बजेट प्रस्तुत गरेकी थिइन् । साथै वुद्ध माविमा १२ कक्षासम्म सञ्चालनको पहल गरिने  समेत उल्लेख छ ।

    images

    गाउँपालिकाभित्र ठूला जलविद्युत आयोजना सञ्चालन गर्न गाउँका  स्थानीयको सेयर सुनिश्चित गर्न माग गरिने, गाउँपालिकाका विभिन्न ठाउँमा रहेका सुन, चाँदी, सिसा, तामा, सिलाजीत, ढुंगा खानीको सम्भाव्यता अध्ययनका लागि पहल गरिने पनि बताए । पालिकाले  नीति कार्यक्रममा एक वडा एक गौरबको योजना निर्माण गरिने उल्लेख छ । पर्यटन शुल्क उठाउने कार्यलाई निरन्तरता दिइने छ । आउँदो बर्ष मनास्लु हिरक महोत्सव मनाउने र प्रथम पटक मनास्लु आरोहण गर्नेहरुको सालिकसहितको पार्क निर्माण गर्ने पनि उल्लेख छ ।

    images
    images
    images

    lama.jpg

    ज्येष्ठ नागरिक, अपांग, असहायका लागि वडाहरुमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने पनि नीति कार्यक्रममा उल्लेख छ । कोही नहुनेको स्थानीय सरकार चुमनुब्री गाउँपालिकामा छ कार्यक्रमका लागि पालिकाले पाँच लाख विनियोजन गरेको छ ।अधिवेशनको क्रम पालिका उपप्रमुख लक्ष्मी गुरुङले यस बर्षको बजेट समेत सुनाउनु  भएको हो ।

    lama1.jpg

    यस बर्षको बार्षिक बजेट ४६ करोड ४ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको छ ।  समा चालुतर्फ २८ करोड २० लाख र पुँजीगततर्फ १७ करोड रुपैयाँ बिनियोजन गरिएको छ । भाषण गर्ने कला सिकाउने कार्यक्रमका लागि सात लाख रुपैयाँ र कर्मचारी टिकाइराख्ने कार्यक्रमका लागि  १० लाख रुपैयाँ बिनियोजन गरिएको छ ।पालिकाले अरु संघ प्रदेशबाट आउने थप वजेटको लागि पनि प्रयास गर्ने बताए ।

    lama2.jpg

    प्रकाशित मिति :आषाढ ५, २०८२ बिहिवार - १२:५२:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको