Logo

बिहिवार, कार्तिक १३ गते २०८३

शहरी विकास मन्त्री सिंहले  बागमती  करिडोरको अनुगमन गर्दै

शहरी विकास मन्त्री सिंहले  बागमती  करिडोरको अनुगमन गर्दै

जोईन खबर

५, आषाढ २०८२
  • 616
    SHARES
  • शहरी विकास मन्त्री सिंहले  बागमती  करिडोरको अनुगमन गर्दै

    ५ असार काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले बिहीबार बागमती  करिडोरको अनुगमन गरेका छन्। उपप्रधानमन्त्री सिंहसहित मन्त्रालयका सचिव, काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितिको टोलीले बिहानै सो क्षेत्रको निरीक्षण गरेको हो ।

    images

    उपप्रधानमन्त्री सिंहले वर्षा लागेसँगै बागमतीमा बाढीको सम्भावित जोखिम बारे स्थलगत निरीक्षण गरेर चासो व्यक्त गरेका छन्।  वर्षा लागेसँगै बागमती नदीले पार्न सक्ने असर न्यूनीकरणका लागि  आवश्यक काम अघि बढाउन पनि उपप्रधानमन्त्री सिंहले मन्त्रालय मातहतका निकायलाई सचेत गराएका छन्।उक्त अनुगजनको टोली सुन्दरीजलदेखि गोकर्ण र माकलबारी क्षेत्रमा मन्त्रालय अन्तर्गत भइरहेका कामहरू, ढल व्यवस्थापन, बागमती सौन्दर्यीकरण लगायतको अवलोकन गरेको छ ।

    images
    images
    images

    काठमाडौं उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता एकीकृत समितिलाई बागमतीलाई स्वच्छ बगाउन र ढल व्यवस्थापनका लागि  तत्काल आवश्यक कार्यअघि बढाउन पप्रधानमन्त्री सिंहले निर्देशन दिए। यस टोलीले काठमाडौं उपत्यका विकास प्राधिकरणको काठमाडौं जिल्ला आयुक्त सुवास बस्नेत , अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका प्रतिनिधि सहभागी थिए ।बुधबार उपप्रधानमन्त्री सिंहले विष्णुमतीको बुढानीलकण्ठ क्षेत्रको निरीक्षण गरेका थिए। 

    प्रकाशित मिति :आषाढ ५, २०८२ बिहिवार - १३:१७:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको