Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 समृद्ध ताकु युवा समाजको आयोजनामा एक दिने  कफी खेती सम्बन्धी तालिम असार ७ गते हुदै

 समृद्ध ताकु युवा समाजको आयोजनामा एक दिने  कफी खेती सम्बन्धी तालिम असार ७ गते हुदै

जोईन खबर

५, आषाढ २०८२
  • 1.2K
    SHARES
  •  समृद्ध ताकु युवा समाजको आयोजनामा एक दिने  कफी खेती सम्बन्धी तालिम असार ७ गते हुदै

    ५ असार  काठमाडौँ । समृद्ध ताकु युवा समाजले व्यावसायिक कफी खेती सम्बन्धी एक दिने तालिम  दिने भएको छ । कफी खेतीको सम्भाव्यतालाई मध्यनजर गर्दै समृद्ध ताकु युवा समाजको आयोजनामा कफी खेती सम्बन्धी तालिम दिन लागिएको संस्थाका उपाध्यक्ष मधुकर खड्काले बताउनु भयो । समृद्ध ताकु युवा समाज काठमाडौँ तथा फ्रेस्को हिमालयन एग्रो प्रा.लि. को सहकार्य र कोथिना मीठो छ लाजिम्पाटको सहयोगमा अर्गानिक कफी खेती सम्बन्धी  बारपाक सुलिकोट गाउँपालिका वडा न ५  ताकुमाझलाकुरीबोटका सबै टोलका युवा तथा सिक्न चाहने सबै व्यक्तिलाई अर्गानिक कफी विस्तारका लागि यहि आउदो शनिबार असार ७ गते एक दिने तालिम दिने भएको हो ।

    images

    व्यावसायिक कफी खेती लगाएर आर्थिक समृद्धि प्राप्तिका लागि तथा  गाउँमा बाझो खेतबारी बढदै जादा कफी खेती ब्यबसायिक रुपमा गर्न युवाहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समृद्ध ताकु युवा समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मधुकर खड्काले जानकारी दिनुभयो । उक्त तालिमा  कफीको बिरुवा रोप्नेदेखि कप उत्पादन गरेर खाने सम्मको विधिबारे जानकारी  दिइने संस्थाका अध्यक्ष राजेन्द्र रायामाझीले जानकारी दिनु भयो । कफीको नर्सरी उत्पादन गर्ने, बीउ छर्ने, बिरुवा रोप्ने, गोडमेल गर्ने, हाँगा काँटछाँट गर्ने, बढी फल फलाउने, टिप्ने, बोक्रा छोडाउने, सुकाउने, पिस्नेदेखि बजार व्यवस्थापनबारे तालिम प्रदान गरिने समृद्ध ताकु युवा समाजका उपाध्यक्ष खड्काले जानकारी दिनु भयो । कफी रोप्नेदेखि कपमा हाल्नेसम्मका चरणका बिषयमा तालिम दिइएको छ ।

    images
    images
    images

    गाउँमा कफी खेती सुरु भएको र गाउँ पालिकाले समेत कफी फकेट क्षेत्रको रुपमा बिकास गर्न चाहेकाले सबैको लागि तालिम आवश्यक भएको समाजका अध्यक्ष रायमाझीले बताउनु भयो । यस संस्थाले दिने एक दिने तालिमबाट कफि खेती गर्ने कृषकहरुले  जुन ठाउमा बसेर पनि कफि खेती गर्ने  धारणले यो तालिमको आयोजना गरिएको हो । व्यावसायिक कफी खेतीका लागि  प्राविधिक, उपकरण लगायत बारेमा पनि सिकाइने छ ।

    समृद्ध ताकु युवा समाज काठमाडौँले आयोजना गर्न लागेको एक दिने कफि खेती सम्बन्धी तालिममा संस्थाले बारपाक सुलिकोट गाउँपालिका  वडा न ५ ताकुमाझ लाकुरिबोट घर भई काठमाडौँमा आएर बसोबास गर्ने युवा  बिधार्थी आजीवन सदस्यहरु र विभिन्न पेशा व्यावसायी गरि बस्ने सबै र सिकन इच्छुकले नाम र नम्बर म्यासेन्जरमा पठाउन  अनुरोध गरिएको छ । तालिम शनिबार बिहान १०:३० बजेबाट सुरु हुने छ । तालिम समयमा नै सुरुहुने हुदा निर्धारित कार्यक्रम भन्दा अगाडि नै पुग्न हुन संस्थाले अनुरोध समेत गरेको छ । 

    प्रकाशित मिति :आषाढ ५, २०८२ बिहिवार - १६:४५:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको