Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भदौ मसान्तसम्म सडक भत्काउन निषेध  गर्ने

भदौ मसान्तसम्म सडक भत्काउन निषेध  गर्ने

जोईन खबर

६, आषाढ २०८२
  • 574
    SHARES
  • भदौ मसान्तसम्म सडक भत्काउन निषेध  गर्ने

    ६ असार काठमाडौँ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले असार ३ गते देखि २०८२ साल भदौ मसान्तसम्म सडक भत्काउन निषेध गरेको छ।

    images

    वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनको लागि सडक खन्दा तत्कालै मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएको सडक भत्काउन निषेध गरेको कार्यालयले सार्वजनिक सूचनामार्फत् जानकारी दिएको छ।

    images
    images
    images

    वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनको लागि सडक खन्दा तत्कालै मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकोले मिति २०८२ साल असार ३ गतेदेखि २०८२ साल भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहतमा रहेका कुनै पनि सडक खन्न स्वीकृति नदिइने र कसैले अनुमतिबिना सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

     

    प्रकाशित मिति :आषाढ ६, २०८२ शुक्रवार - १७:२०:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको