७ असार काठमाडौँ । सूर्यविनायक नगरसभाको १८ औं अधिवेशन शूरु भएको छ । हिजो शुक्रबारदेखि शूरु अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम सार्वजनीक गरिएको छ ।नगर प्रमुख बासुदेव थापाले आगामी आर्थिक वर्षको लागि तय गरिएका नीति तथा कार्यक्रम सार्वजनीक गर्नु भएको हो । अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रम शुक्रबारै दफाबार छलफलपश्चात सर्वसम्मत रुपमा पारित भएको छ ।
अधिवेशनमा नगरपालिका उपप्रमुख सरिता तिमल्सिना भट्टराईले राजस्व परामर्श समितिको प्रतिवेदन, चालु आर्थिक वर्षको हालसम्मको आय ब्यय विवरण प्रस्तुत गर्नु भएको थियो ।त्यस्तै, नगरपालिकाको आर्थिक सर्वेक्षण, मध्य कालीन खर्च संरचना, आर्थिक विधेयक २०८२, न्यायिक समितिको वािर्षक प्रतिवेदन, अनुगमन तथा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन पनि प्रस्तुत गर्नु भएको थियो ।साथै सभामा विभिन्न विषगत समितिको प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो ।
समितिका संयोजक प्रदिप कार्कीले विधायन समितिको प्रतिवेदन, समिति संयोजक राजकुमार जोशीले सार्वजनीक लेखा समितिको प्रतिवेदन, अन्तिम लेखा परिक्षण प्रतिवेदन सम्बन्धी प्रस्ताव पेश गर्नु भएको थियो ।त्यस्तै, समितिका संयोजक रविन्द्र सापकोटाले सामाजिक विकास समितिको प्रतिवेदन, समिति संयोजक पुष्पराज बस्नेतले आर्थिक विकास समितिको प्रतिवेदन, समिति संयोजक शिवराम राउतले पूर्वाधार विकास समितिको प्रतिवेदन, समिति संयोजक भगवान खत्रीले वन, वातावरण तथा विपद् ब्यवस्थापन समितिको प्रतिवेदन, समिति संयोजक सानुकाजी कायस्थले सुशासन, सार्वजनीक सेवा प्रवाह तथा क्षमता विकास समितिको प्रतिवेदन सभासमक्षा प्रस्तुत गर्नु भएको थियो ।
सभामा प्रस्तुत प्रतिवेदन उपर छलफलपश्चात नगर प्रमुख बासुदेव थापाले निर्णयार्थ प्रस्तुत गर्नु भएको प्रतिवेदन पनि सर्वसम्मत रुपमा पारित गरिएको थियो । त्यस्तै, सभामा प्रस्तुत केहि ऐन संशोधन गर्ने सम्बन्धी बनेको विधेयक २०८२ पनि सर्वसम्मत पारित गरिएको छ ।अर्को बैठक सोमबार बस्नेछ ।







