Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भारी बर्षका कारण सुनकोशी नदिमा आउने  बाढीबाट सतर्कता अपनाउन  सबै जिल्ला वासीहरुमा अनुरोध

भारी बर्षका कारण सुनकोशी नदिमा आउने  बाढीबाट सतर्कता अपनाउन  सबै जिल्ला वासीहरुमा अनुरोध

जोईन खबर

७, आषाढ २०८२
  • 709
    SHARES
  • भारी बर्षका कारण सुनकोशी नदिमा आउने  बाढीबाट सतर्कता अपनाउन  सबै जिल्ला वासीहरुमा अनुरोध

    ७ असार काठमाडौँ । सुनकोशी नदिमा भारी बर्षाका कारण आउने  बाढी बाट बाच्न  जिल्ला प्रशासन कार्यालयले नदीका तटीय स्थानीयवासीलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।

    images

    असार–७ गतेसम्म चीनको तिब्बत क्षेत्रमा अधिक वर्षा हुने र बाढी आउने सम्भावना भएको जनाउँदै उक्त बाढी खोटाङको सुनकोशीसमेतमा आउने भएकाले तटीय स्थानीयवासीलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरेर अनुरोध गरेको हो।

    images
    images
    images

    सुनकोशीले खोटाङको हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा, खोटेहाङ, बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिकाका भूभाग छोएर बगेको छ।चीनको प्रहरी कार्यालयबाट प्राप्त सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सतर्कताको सूचना जारी गरेपछि खोटाङले पनि असार–६ गते सार्वजनिक सूचना जारी गरेको हो।

    जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सागर साहले जारी गर्नुभएको सूचनाका बारेमा सम्बन्धित स्थानीय तहसमेतलाई जानकारी गराइएको प्रशासनले जनाएको छ।

    प्रकाशित मिति :आषाढ ७, २०८२ शनिवार - ०७:०६:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको